४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग

२३ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै […]

कोशी मुख्‍य समाचार समाचार समाज

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

२३ कात्तिक, इनरुवा (सुनसरी) । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो । टोलीले सीमास्तम्भ एक […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ–मुग्लिन सडक दुर्घटनाः चारको मृत्यु, छ जना घाइते

२३ कात्तिक, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३:०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ […]

मुख्‍य समाचार समाचार समाज

सवारी दुर्घटनामा मृत्यु

२३ कात्तिक, भद्रपुर (झापा) । गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीलाई उपचारका लागि […]

मुख्‍य समाचार समाचार समाज

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

२३ कात्तिक, धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति […]

कोशी मुख्‍य समाचार समाचार समाज

आगलागी हुँदा १० लाखको क्षति

२३ कात्तिक, बनियानी (झापा) । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण

२३ कात्तिक, काठमाडौं ।  विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीहरू आगामी शैक्षिक सत्रदेखि लागु हुने गरि सच्याँउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ । विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २ सय  ९२ बढि विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य पार्ने पाठ्यक्रम विकास केन्द्र, महानिर्देशकसंग अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुदैँन् : मेयर महर्जन

२३ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी (बीईईएन) परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उनले महानगरपालिकाको निम्ती बीईईएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताएका हुन् । उनले भने, ‘ललितपुर महानगरपालिकाको निम्ती  बीईईएन परियोजनाले […]

मनोरन्जन मुख्‍य समाचार समाज

चलचित्र ‘डोरी’का लागि नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने

२३ कात्तिक, काठमाडौं । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ । निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कात्तिक, चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

२३ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ […]

कोशी मुख्‍य समाचार समाचार समाज

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

२३ कात्तिक, खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर […]