१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति

५ कात्तिक, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिनमा गर्नुभएको प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्री यादवले आज यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी काठमाडौँ उपत्यकामा प्रतिदिन १७ करोड लिटर पानी पथान्तरण गर्न सफल भएको बताए । यस वर्षको ‘मनसुन’ सुरु भएपछि […]

मुख्‍य समाचार समाज

सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन

५ कात्तिक, काठमाडौँ । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष […]

मुख्‍य समाचार समाज

जावलाखेलमा कार्तिक ८ गतेदेखि फुल प्रदर्शनी एवम प्रतिस्पर्धा हुने

५ कात्तिक, काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले १७ औं संस्करणको गोदावरी फूलको प्रदर्शनीको आयोजना गरिने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्यानले ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ८ देखि ११ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन गर्न लागेको जानकारी गराएको छ । प्रदर्शनीमा व्यवसायिक […]

मुख्‍य समाचार राजनीति समाज

कृषिमन्त्रीका एकसय दिन : ४४ बुँदे प्रगति विवरण सार्वजनिक

५ कात्तिक,  काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनुपर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताएका हुन् । यस्तै, उनले नीतिगत सुधारका केही कामहरू पनि […]

मुख्‍य समाचार राजनीति

पूर्वाधार विकासमा अध्ययन र डिजाइनमा समस्या देखियो : मन्त्री दाहाल

५ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकास गर्दा अध्ययन र डिजाइनमा समस्या देखिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा उनले विकासका काममा अध्ययनको साथै योजना तर्जुमा पनि ठूलो समस्या देखिएको बताएका हुन् । उनले भने, ‘हाम्रो संरचनाहरु बाढीपहिरो थाम्न सक्ने छन् कि छैनन् […]

मुख्‍य समाचार राजनीति समाज

रोटरीले सातै प्रदेशमा पोलियो विरुद्धको अभियान चलाउने

५ कात्तिक, काठमाडौं । रोटरीले अक्टोबर २४ का दिन उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड् पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरीले वार्षिक रुपमा अक्टोबर २४ लाई पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिहरु गर्दै आइरहेको र यसवर्ष पनि गर्ने जानकारी गराएका छन् । सोही दिन […]

मुख्‍य समाचार राजनीति समाज

सरकारलाई गिज्याइरहेको हेटौँडा–काठमाडौं सडकमा यात्रुलाई सास्ती

५ कात्तिक, काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ—चन्द्रागिरि—काठमाडौंमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । असोजको दोस्रो साता आएको अविरल वर्षापछि सडक थप क्षतिग्रस्त भएपछि यात्रा गर्न कठिन भएको हो । सरकारले पर्याप्त मर्मत संभार नगर्दा यात्रुहरुले दिनहुँ सास्ती व्यहोर्दै आएका छन् । बाढीपहिराका कारण क्षतिग्रस्त सडक सञ्चालन गर्न  सडक विभाग, सुरक्षाकर्मी तथा बागमती […]

मुख्‍य समाचार राजनीति समाज

नेपाली नोटमा नेपाल संवत प्रयोग गर्न र ‘नेपाल डे’ मनाउन माग

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् ।  प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् । ‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले नै भ्रष्टाचारीका संरक्षक भए, अब प्रदर्शन सुरु हुन्छ : प्रचण्ड

५ कात्तिक, जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् । प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले […]

मुख्‍य समाचार राजनीति

पोखरामा रवि लामिछानेको वयान, पृथ्वीचोकमा प्रदर्शन

५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । वयानकैबीच समर्थक र शुभेच्छुकले पोखरामा प्रदर्शन जारी राखेका छन् । समर्थकहरुले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् । उनलाई कार्तिक २ गते पार्टी कार्यालय […]

खेलकुद मुख्‍य समाचार समाज

सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेनले अनुबन्ध

५ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल)का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि […]

मनोरन्जन मुख्‍य समाचार समाज

सिड्नीमा रेकर्ड गरिएको ‘यो मायालाई फकाउन’ अब भिडियोमा

५ कात्तिक, काठमाडौं । ‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा  निर्माणमा आइतबार सार्वजनिक गरिएको हो । गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् । […]