कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स
१६ भदौं, विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो । यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्माटकार्ड (लाइसेन्स) भने यातायात व्यवस्था विभागले नै बाड्नेछ । […]











