१७ श्रावण २०८३, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, रेखा एक्लैले गरिन ५ गोल, प्रीतिको ह्याट्रीक

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११(० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक(एक गोल गरिन् । यस साफ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

वर्तमान सरकारप्रति जनविश्वास छैन : अध्यक्ष दाहाल

जुम्ला, ५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिद्वारा आज आयोजित  जनसभालाई सम्बोधन गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाको गोरुचौर आइपुग्नुभएका दाहालले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए । प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले भने, […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको तयारी

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही कार्तिक ९ देखि ११ गते सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कार्तिक ९ गते शुक्रबार आयोजना हुने जानकारी गराइएको हो । प्राध्यापक, शोधकर्ता, प्राविधिक, शिक्षाविद्, नीति निर्माता, उद्योगी, विद्यार्थीहरुको सम्मेलनमा सहभागिता रहनेछ । सम्मेलनको […]

मुख्‍य समाचार राजनीति समाज

नेपालमा वैकल्पिक शक्ति आवश्यक छ : डा.बाबुराम भट्टराई

५ काात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा वैकल्पिक शक्ति आवश्यक भएको बताएका छन् । सोमबार पोखरामा आयोजित पार्टीको प्रथम विधान अधिवेशनमा उनले उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पूराना भएको भन्दै अब सबै प्रकारले वैकल्पिक शक्ति आवश्यक भएको बताए । उनले भने, ‘उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पुरानो […]

मुख्‍य समाचार राजनीति

संसद नचलेको बेला समितिको भूमिका महत्वपूर्ण

५ काात्तिक, काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले संसद नचलेको समयमा जनतासँग सम्बन्धित कुरा जनतासम्म पु¥याउने काम समितिले गर्नुपर्ने बताएका छन् । सोमबार समितिमा भएको बैठकमा उनले राम्रो र नराम्रो सूचनाको तालमेल मिलाएर समितिमार्फत जनतासम्म सूचना जानुपर्ने बताए । उनले भने, ‘संसद चलेको छैन् तर जनतागत कुरा जनतासम्म पु¥याउनका लागि […]

मुख्‍य समाचार समाचार समाज

मंसिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने

५ काात्तिक, काठमाडौं । तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन मंसिर १४ र १५ गते अर्थात् नोभेम्बर २९ र ३० का दिन हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयाजना गर्दै प्याब्सनले उक्त शैक्षिक सम्मेलन काठमाडौंको होटल हायत रिजेन्सीमा सम्पन्न गर्ने जानकारी दिएको हो । सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको […]

मुख्‍य समाचार समाज

ललितपुर महानगरले सरसफाई अभियान चलाउने

५ काात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाई गर्ने भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगररपालिकाका प्रमुख चिरिबाबु महर्जनले अविरल वर्षाका कारणले शहरको सौन्दर्य र वातावरणमा असर परेको हुँदा सरोकारवाला निकाय र संघ संस्थाहरु समेतको सहकार्यमा सरसफाई गर्न लागेको जानकारी दिएका छन् । उनले भने, ‘असोज […]

मुख्‍य समाचार राजनीति समाज

बन्द र कमजोर कार्य सम्पादन भएका संस्थानहरु निजीकरण प्रक्रिया अघि बढ्ने

५ काात्तिक, काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको सोमबार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट […]

मुख्‍य समाचार समाज

धान खेतीको विकल्पमा सिंघारा खेती

५ काात्तिक, जलेश्वर । बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेकाले थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएकाले किसानहरू सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । धानखेती डुबानमा परेर समस्या हुने र सिंघारा […]

मुख्‍य समाचार समाज

तिहारका लागि फूल तयार

५ कात्तिक, घोराही (दाङ) । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् । घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेको […]

मुख्‍य समाचार समाज

रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान

५ कात्तिक, काठमाडौँ । रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ । रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले पोलियो उन्मूलनका लागि जनचेतना फेलाउने उद्देश्यले […]

मुख्‍य समाचार समाचार

सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

५ कात्तिक, काठमाडौँ । ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गरेको छ । समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना […]