१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार लुम्बिनी समाज

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

७ कात्तिक, घोराही (दाङ)। घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुनुहुन्छ । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो । हाल उसको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उसले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएको […]

गण्डकी मुख्‍य समाचार समाज

ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै

७ कात्तिक, दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो । ढोरवाराही मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको अध्ययन गरी समग्र विकास तथा व्यवस्थापन गर्ने उद्देश्य राखिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए […]

मुख्‍य समाचार राजनीति

सत्तारूढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने

७ कात्तिक, काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ […]

गण्डकी मुख्‍य समाचार समाज

पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण

७ कात्तिक, पर्वत । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा रु ९९ लाख १९ हजार नौ सय ५३ को लागतमा भवन निर्माण भएको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले बताए । उक्त भवनवाट सेवा सुरु भएपछि आठवटै […]

कर्णाली मुख्‍य समाचार समाज

राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान

७ कात्तिक, काँक्रेविहार (सुर्खेत) । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि कर्णालीका धेरै गर्भवती तथा सुत्केरीको ज्यान जोगिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला सशक्तीकरण परियोजना राष्ट्रपति महिला उत्थान समन्वय एकाइमार्फत कर्णालीका गर्भवती तथा सुत्केरीको सेवा हुँदै आएको छ । कर्णाली अधिकांश क्षेत्रमा […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

सुक्खा बन्दरगाह निर्माण काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

७ कात्तिक, दोधारा चाँदनी(कञ्चनपुर) । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएको छ । दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको आज निरीक्षण गर्दै उसले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले […]

मुख्‍य समाचार समाज

अझै सामान्य नबनेको रोसी

६ कात्तिक,  काठमाडौं । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन । लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् […]

मुख्‍य समाचार समाज

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

६ कात्तिक,  काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार १ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा

६ कात्तिक,  काठमाडौं । एलन मस्क र मुकेश अम्बानी, विश्वका दुई धनी व्यक्तिहरू, भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा गर्न लागेका छन् । भारत सरकारले स्याटेलाइट स्पेक्ट्रम लिलामीको सट्टा प्रशासनिक रूपमा बाँडफाँड गर्ने घोषणा गरेपछि यो प्रतिस्पर्धा थप चर्किएको हो । एलन मस्कले यसअघि लिलामी मोडेलको आलोचना गरेका थिए, जुन मुकेश अम्बानीले समर्थन गरेका थिए । […]

मुख्‍य समाचार समाज

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

६ कात्तिक, भक्तपुर । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगैसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ । भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक […]

खेलकुद मुख्‍य समाचार समाज

अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित

६ कात्तिक, काठमाडौ । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । मंगलबार राति नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । अमेरिका ए का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले […]

मुख्‍य समाचार समाज

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

६ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ । पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो । विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई […]