४ कार्तिक २०८३, मंगलवार
खेलकुद मुख्‍य समाचार समाज

प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी

२५ कात्तिक, विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगिता हुने खेल संयोजक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

२५ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित […]

मुख्‍य समाचार राजनीति समाचार

अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लगि राजदूत नियुक्त गरेका हुन् । संविधानको व्यवस्था अनुसार नेपाल सरकार, […]

मुख्‍य समाचार राजनीति समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन् । उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन् । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आइतबार न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ : मन्त्री गुप्ता

२५ कात्तिक, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताएका छन् । आज आइतबार गोविन्दपुर हुँदै हास्वा जोड्ने सडक शिलान्यास गर्ने क्रममा उनले आउँदो मन्त्रिपरिषद बैठकबाट पोखरिया अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा परिणत गर्न लागिएको जानकारी दिएका हुन् । पर्साको महत्वपूर्ण मुकामको रूपमा […]

मुख्‍य समाचार समाज

काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन सम्पन्न

२५ कात्तिक, काठमाडौं । काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन सम्पन्न भएको छ । आइतबार काठमाडौं  स्थित होटल हायतमा वैश्विक महाधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा नेपाल, भारत म्यान्मार, भुटान, बाङ्गलादेश देशका प्रतिनिधिहरू सहभागी भएका थिए । जसमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा छलफल गरिएको थियो । काशियाना फाउन्डेसनका संस्थापक सुमित सिंहले यस […]

मुख्‍य समाचार समाज

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न

२५ कात्तिक, काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ समापन भएको छ । काठमाडौंको भद्रकालीमा गत २१ गतेदेखि महायज्ञसहित सुरु भएको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलन पनि आज समापन भएको हो । महायज्ञ समापनपछि अतिरूद्र विश्वकल्याण विराट महायज्ञका सदस्य सचिव भरत राज पौडेलले […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अमेरिकामा भूपेन्द्रलाई २ रजत

२५ कात्तिक, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् । ट्रेडिसनल चाइनिज मार्सल आट्स फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए । […]

कर्णाली मुख्‍य समाचार समाज

लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो

२५ कात्तिक, मुगु । पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे (गुलियो) फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ । मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो । गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका […]

खेलकुद बागमती मुख्‍य समाचार समाज

गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

२५ कात्तिक, गोदावरी (ललितपुर) । गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ । ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आयोजक र खेलाडीलाई शुभकामना व्यक्त गरे […]

मनोरन्जन मुख्‍य समाचार समाज

जापानमा गुन्जिदै स्वप्न सुमन

२५ कात्तिक,  काठमाडौं । गायक स्वप्न सुमन जापानमा गुन्जिने भएका छन् । ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ नाम दिइएको सांगीतिक कार्यक्रम हुने भएको हो । जसमा स्वप्न सुमन गुन्जिनेछन् । एस्टर्स ब्यान्डसहित उनले प्रस्तुति दिनेछन् । एस्टर्स उनको ब्यान्ड हो । कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीत गाउनेछन् । कार्यक्रम डिसेम्बर १ मा […]

मुख्‍य समाचार समाज

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

२५ कात्तिक, काठमाडौँ । काठमाडौँको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ । समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मङ्सिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । उक्त शिविर बिहान ५ बजेदेखि ६:३० बजेसम्म सञ्चालन भएको थियो । ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा […]