१४ चैत्र २०८२, शनिबार
अर्थ समाचार

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

१७ भाद्र, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप […]

समाचार समाज

कोरियाबाट फर्केर भेडापालनमा रमाएकाहरु

१७ भाद्र, काठमाडौँ । खोटाङ र भोजपुरको सिमा क्षेत्रमा रहेको मुन्दुम ट्रेल तथा मयुम क्षेत्रमा गरिएको ब्यवसायिक भेडा पालनले पदयात्रीको मनै  लोभ्याउन थालेको छ । खोटाङको केपिलासगढी तथा भोजपुरको सालपासिलिछोँ गाउँपालिका लगायतका युवाहरुले राखेका भेडीगोठ तथा भेडापालनले व्यवसाय मात्र फस्टाएको छैन, पदयात्रीहरुको मन पनि लोभ्याउने गरेको छ । दक्षिण कोरियामा दुई बर्ष रोजगारीमा बसी फर्किएका केपिलासगढी-१ […]

समाचार समाज

मौन स्नान गरी मनाइयो सोमबारे औँसी

१७ भाद्र, काठमाडौँ । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ । भाद्र कृष्ण औँसी आज सोमबार परेको हो । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् […]

समाचार समाज

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

१७ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिनुभएको हो । सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले […]

मुख्‍य समाचार समाचार समाज

प्रचारप्रसारको अभावमा ओझेलमा ‘महभिर झरना’

१७ भाद्र, बागलुङ । चारैतिर घनाजगंल । अग्लो भिर । स्वच्छ हावापानी र शान्त वातावरण । त्यसमाथि चिरबिर चराचुरुगीको आवाज । उसै गरी भिरको बीच भागमा छ महभिर झरना । झरना वरपर ठूलाठूला भिर छन् । उक्त भिरलाई महभिरका रूपमा चिनिन्छ । महभिरकै नामले झरना परिचित छ । बेलाबखतमा स्थानीय फाट्टफुट्ट पुग्ने गरे पनि बाहिरी […]

राजनीति समाचार

हामीलाई सरकारमा होइन, जनतामा जान हतारो छ : वर्षमान पुन

१७ भाद्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन्। पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए। पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा […]

राजनीति समाचार

स्थानीय तहको उपनिर्वाचनबारे एकीकृत समाजवादीको परिपत्र

१७ भाद्र, काठमाडौँ । मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले तयारी थालेको छ । त्यसका लागि सो पार्टीले उपनिर्वाचन हुने स्थानीय तहमा पार्टीको वस्तुस्थिति केन्द्रलाई जानकारी गराउन सम्बन्धित जिल्लालाई परिपत्र पठाएको छ । महासचिव घनश्याम भुसालले भदौ १६ गते परिपत्र जारी गर्दै उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे केन्द्रलाई जानकारी […]

समाचार समाज

डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण

१७ भाद्र, काठमाडौँ । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार तीन सय ४७ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । […]

मुख्‍य समाचार समाचार समाज

पर्यटन विभागको महानिर्देशकमा डा. रेग्मी

१७ भाद्र, काठमाडौँ ।  पर्यटन विभागको महानिर्देशकमा डा. नारायण प्रसाद रेग्मी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा. रेग्मीलाई विभागको महानिर्देशकमा पठाएको हो । तत्कालीन महानिर्देशक रुद्र प्रसाद पण्डितको सरुवा भएसँगै रिक्त पदमा डा. रेग्मीलाई विभागको नेतृत्व दिएको हो । सरल, भद्र र इमान्दार प्रशासकका रूपमा लिइने डा. रेग्मी संघीय मामिला […]

समाचार समाज

तीन डिआइजीपीको सरुवा, ट्राफिकमा बोहरा

१७ भाद्र, काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कृष्णहरी शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएको छ । त्यस्तै केन्द्रिय अनुसन्धान ब्युरो लाजिम्पाटका डिआइजी किरण रानालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य […]

समाचार समाज

सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अबरुद्द

१७ भाद्र, काठमाडौँ । पहाडी लोकमार्गको खुर्कोट घुर्मी सडक खण्डमा सुख्खा पहिरो खस्दा अबरुद्द भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गा.पा. ५ पञ्चकन्या,थाम्लेघाटमा सडक माथिबाट सुख्खा पहिरो आइ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्ले ले जानकारी दिनुभयो । पहिरो पन्छाउन पहल भैरहेपनी रातभर लाग्न सक्ने स्थानियले जनाएका छ्न […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार

पारा ओलम्पिक: हिट चरणबाट बाहिरिए पौडी खेलाडी भीमबहादुर

१७ भाद्र, काठमाडौँ । नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमाल फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा हिट चरणबाटै बाहिरिनुभएको छ । पौडीको एस–९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुभएका कुमाल सोमबार भएको खेलमा हिट चरणबाटै बाहिरिनुभएको हो । उहाँले निर्धारित दूरी ३५.०५ सेकेन्डमा पूरा गर्नुभएको थियो । ६ जना खेलाडी रहेको हिट–१ मा अन्तिममा रहनुभयो […]