४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आत्मसमीक्षासहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

२८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बुधबार कीर्तिपुर  १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै […]

मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य घट्दा चाँदी बढ्यो

२८ कात्तिक, काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा  कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय  रूपैयाँले  घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा  कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको […]

मुख्‍य समाचार समाज

यस्तो छ,आजको फलफूल तथा तरकारीको मूल्य

२८ कात्तिक, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोका ६३, लोकल बन्दाको ७०, काउली स्थानीयको ९० रुपैयाँ रहेको छ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी

२८ कात्तिक, काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमपले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिने भएका छन् । नोभेम्बर ५ मा भएको चुनावबाट निर्वाचित भएका ट्रम्पले कार्यभार जनवरी २० देखि सम्हाल्ने छन् । त्यसअघि नै महत्वपूर्ण जिम्मेवारी दिने व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएका ट्रम्पले […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

दुई संसदीय समितिको बैठक बस्दै

२८ कात्तिक,  काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार,प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ ः३० बजे बस्नेछ । बैठकमा सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ । बुधबार पार्टी कार्यलय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता

२८ कात्तिक, बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उनका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा मङ्गलबार भएको भेटवार्तामा उनले सो आग्रह गरेका हुन् । “ जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

२८ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो । ३४ वर्षीय लास्क अलराउन्डर हुन्। उनी लामो छक्का प्रहारका लागि परिचित छन्। उनले टी–२०मा ८० म्याच खेलेका छन्। जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन्। […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ,बुधबारको विदेशी मुद्राको विनिमय दर

२८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको छ। यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी जनाउका लागि प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन् । दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसमः देशका अधिकांश भूभागमा मौसम सफा रहने

२८ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम सफा नै रहेको छ । यस्तै,आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गरेका छन् । मंगबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताए । उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरु बलियो […]