ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी
काठमाडौं । विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल गरिएको छ । सिंहदरवारमा बसेको बैठकले उक्त छलफल गरेको हो । छलफलमा बोल्दै समिति सदस्य वेदुराम भुसालले ऐनको निर्माण र कार्यान्वयनको अवस्थाको मूल्यांकन गनुपर्ने बताएका छन् । उनले कानून कार्यान्वयन मापनमा लामो प्रक्रियाबाट अगाडि बढ्नुपर्ने बताएका हुन् । […]










