१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाज

एमाले लतिपुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । जिल्ला कमिटीका पदाधिकारीहरुले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाएको हो । मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको […]

बागमती मुख्‍य समाचार समाज

सडकआश्रित मानवको राष्ट्रिय उद्घार यात्राको टोली चितवनमा

७ कात्तिक, नारायणगढ (चितवन) । सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा–२०८१ मा निस्केको टोली मङ्गलबार चितवन आइपुगेको छ । ‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा पूर्वको मेची पुलबाट […]

बागमती मुख्‍य समाचार राजनीति समाज

‘दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने’

७ कात्तिक, चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएको छ । नेपाल मत्स्य समाजद्वारा आज यहाँ आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उसले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चितता एवं गरिबी न्यूनीकरणमा मत्स्यपालन क्षेत्रको प्रवर्र्घन गर्न सरकारले उच्च प्राथमिता […]

पर्यटन मुख्‍य समाचार समाज

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

७ कात्तिक, पोखरा । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरुमा ९०÷९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०÷४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो । पोखरा होटल […]

मुख्‍य समाचार समाज

सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

७ कात्तिक, काठमाडौँ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको […]

मुख्‍य समाचार राजनीति

उपराष्ट्रपति यादव अस्पताल भर्ना

७ कात्तिक, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको छ । हर्नियाको शल्यक्रियाका निम्ति उ मङ्गलबार साँझ भर्ना भएको हो । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उसको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुन्थ्यो । उसको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक […]

गण्डकी मुख्‍य समाचार समाज

एउटै वडामा तीनवटा पुल निर्माण

७ कात्तिक, गलेश्वर (म्याग्दी) । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीनवटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुईवटा झोलुङ्गे पुल हुन् । शिखको पोखरेबगर–पाउद्धार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–५ र ६ मा पर्ने घारखोलामा सङ्घीय सरकारको रु तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । निर्माण […]

खेलकुद मुख्‍य समाचार समाज

खेलकुद क्षेत्रको विकासका लागि भगीरथ प्रयास

७ कात्तिक, काठमाडौँ । युवा तथा खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा नीतिगत तथा कानुनी सुधारका प्रयास प्रारम्भ भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०८१ को मस्यौदा तयार गरी त्यसमा रायसँगै प्रस्तावित कार्यक्रममा सहमति दिन अर्थ मन्त्रालयसमक्ष अनुरोध गरेको छ । वर्तमान सरकारको एक सय दिनको उपलब्धिमा मन्त्रालयले राष्ट्रिय खेलकुद नीतिको मस्यौदा […]

मुख्‍य समाचार समाज

कञ्चनजङ्घामा १३ हिउँ चितुवा

७ कात्तिक, काठमाडौँ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग र […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

शुक्लाफाँटामा जङ्गल सफारी खुला

७ कात्तिक, दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण

७ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका गरी १४ जना बालबालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले मङ्गलबार ह्वीलचियर वितरण गरेको हो । शारीरिक अपाङ्गता […]

बागमती मुख्‍य समाचार समाज

कृषि एम्बुलेन्सले किसानलाई राहत

७ कात्तिक, मुग्लिन (चितवन) । इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ । इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको […]