१७ श्रावण २०८३, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर, ७ कात्तिक । यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा जमिन छ । खेतमा हुने उब्जाउले वर्षभरि खान पुग्दैन । उहाँको परिवारले खाद्यान्न किनेर जीविकोपार्जन गर्दै आएको छ । खल्लाकी निर्मला प्रत्येक महिना दाल चामल किन्न तीन घण्टा पैदल ओहोरदोहोर गर्नुहुन्छ । उहाँले भन्नुभयो, “गतिलो सडक नहुँदा पैदल हिँडेरै बजार ओहोरदोहोर गर्नुपर्ने बाध्यता […]

मुख्‍य समाचार समाचार समाज

पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ

म्याग्दी, ७ कात्तिक : विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाईमा रहेको थोराङमा सरसफाइ गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवत्ता […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

विराटनगर, ७ कात्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकारमा जानेभन्दा सङ्गठन बलियो बनाउने अभियानमा लागेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आमनागरिकको हितमा काम गर्न सरकारलाई सुझाव दिँदै भने, “दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारलाई निरङ्कुश बन्न छुट छैन, […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका […]

मुख्‍य समाचार समाचार समाज

बिगो निर्धारण सम्बन्धी निर्देशिका २०८१ जारी

काठमाडौं ।  नेपाल सरकारका महान्यायाधिवक्‍ता रमेश बडालले मुलुकी फौजदारी  कार्यविधि संहिता, २०७४ को दफा १९७ को उपदफा १ को खण्ड (क) ले दिएको अधिकार प्रयोग गरी सरकारले निर्देशिका बनाएको बताएका छन् । बुधबार बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को प्रारम्भिक मस्यौदा उपर छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभियोजन र अनुसन्धानको सन्र्दभमा कुनै कुराको निर्देशिका जारी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई

७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गरेका हुन् । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी […]

मनोरन्जन समाज

स्काथी इन्टरटेनमेन्टले ‘महिला हिपहप कार्यक्रम’ को दोस्रो संस्करण ल्याउँदै

७ कात्तिक, काठमाडौं । स्काथी इन्टरटेनमेन्टले नेपालको एकमात्र सम्पूर्ण महिला हिपहप कार्यक्रमको दोस्रो संस्करण घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा स्विट्जरल्याण्डको दूतावासको सहयोगमा स्काथी इन्टरटेनमेन्टले ‘गड इज अ वुमन’ शिर्षकको कार्यक्रत्र शनिबार २८ अक्टोबर २०२४ मा ड वन्डरल्यान्ड, बुङमाटी (ललितपुर) मा एक दिनको महोत्सवको रुपमा गर्ने जानकारी दिएको छ । यस […]

मुख्‍य समाचार समाचार समाज

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

७ कात्तिक,  दाङ । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका–५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँके कोहलपुर नगरपालिका–४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी रहेका छन् । अस्थायी प्रहरी […]

खेलकुद मुख्‍य समाचार समाज

बिपी कोइराला स्मृति कप टि–ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा

७ कात्तिक, भैरहवा । रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि–ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ । सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नैपर्ने खेलमा श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसन टिमलाई पराजित गर्दै पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी सेमीफाइनल पुग्ने चौंथो टिम बन्न पुगेको हो । यसअघि नै लाइफ केयर क्रिकेट क्लब, नेक्सस […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

हमास विरुद्धको युद्ध अन्त्य गर्न इजरायललाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

७ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार इजरायललाई हमास विरुद्धको युद्धमा रणनीतिक सफलताका साथ अन्त्य गर्न आग्रह गरेका छन् । हमास विरुद्धको युद्धमा इजरायलले धेरै रणनीतिक सफलता प्राप्त गरिसकेको बताउँदै उनले इजरायललाई युद्धको दीर्घकालीन समाधान खोज्न प्रोत्साहित गरेका हुन् । ब्लिन्केनले इजरायलबाट साउदी अरेबिया जाने क्रममा यो टिप्पणी गरेका थिए, जहाँ उनले क्षेत्रको युद्धलाई […]

मुख्‍य समाचार समाज

सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

७ कात्तिक, पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै तीन दशकदेखि क्रियाशील हिमाली सांस्कृतिक परिवारको नाम सिफारिस गरेको हो । पौडेलको संयोजकत्वमा वरिष्ठ लोकदोहोरी गायिका तथा बहुआयामिक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री

७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्बाट भएका क्षतिजस्ता चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको बताएको भएको छ । वर्तमान सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उसले सडक, पुलजस्ता भौतिक पूर्वाधारमा पुगेको क्षतिका कारण सवारी साधन आवतजावतमा समस्या भए पनि सरकारको प्रयासमा समस्या समाधान भएको बताए । “ठाउँ ठाउँमा सडक […]