१४ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

युक्रेनमा रुसी मिसाइल आक्रमणमा ४९ को मृत्यु, २१९ घाइते

१९ भाद्र, काठमाडौँ । युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् । युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार बताए । अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताए […]

समाचार समाज

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

१९ भाद्र , काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली […]

समाचार

मोरङका पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

१९ भाद्र, काठमाडौं । नेपाल पत्रकार महासङ्घ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका उनीहरुले जनही रु एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको जनाइएको छ । महासङ्घका सदस्यहरूको […]

समाचार समाज

भारतको बंगाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

१९भाद्र, काठमाडौं । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ । अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन सुरु भएको थियो । राज्य विधानसभाले पारित […]

समाचार

तारकेश्वरमा खोलाले बगाउँदा एक बेपत्ता

१८ भाद्र, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । आज साँझ लोलङ तरकारी बजारनजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी […]

राजनीति समाचार

माओवादी केन्द्रले भन्यो-सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा छौँ

१८ भाद्र,  काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको बताएको छ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्षलाई चर्काउने तयारीमा आफूहरू रहेको बताएका […]

राजनीति समाचार

एमसीसीमाथि संसदीय अनुगमन समिति गठन गर्न घनश्याम भुसालको माग

१८ भाद्र, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि संसदीय अनुगमन समिति गठन गर्न माग गरेका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले राजधानीमा गरेको कार्यक्रममा उनले एमसीसीलाई राष्ट्रियताविरुद्ध प्रयोग हुन नदिन अनुगमन समिति बनाउन माग गरेका हुन् । ‘म त भन्छु एमसीसीमाथि संसदीय अनुगमन समिति बनोस् । […]

मुख्‍य समाचार राजनीति समाचार

यौन आचरणको कारबाही नहुँदा विकृति बढेको एमालेको निष्कर्ष

१८ भाद्र, काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । मंगलबार पोखरेलले पेश गरेको २३ पृष्ठ लामो वार्षिक कार्ययोजना मूलतः संगठनात्मक विषयमा केन्द्रित छ । केन्द्रीय कार्यालयमा तयार भएर सचिवालयले अनुमोदन गरेको कार्ययोजना पोलिट्ब्यूरो हुँदै केन्द्रीय कमिटीबाट पारित हुनेछ । पोलिट्ब्यूरो सदस्यहरूलाई अध्ययनका निम्ति दिइएको प्रस्तावित कार्ययोजनामा पार्टी सदस्यता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नदी किनारका बस्ती जोगाउने एमालेको अभियानमा काँग्रेसले दियो साथ

१८ भाद्र, काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । मंगलबार बुढानीलकण्ठस्थित उनको निवास पुगेर उक्त टोलीले पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट गरेको छ । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर […]

मुख्‍य समाचार समाचार

महसुल नतिर्ने तलेजु र चाँगुनारायण मन्दिरको काटियो बिजुली

१८ भाद्र, काठमाडौँ । दुई दशकदेखि महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको तलेजु मन्दिर र चाँगुनारायण मन्दिरको लाइन काटिदिएको छ । प्राधिकरण भक्तपुर वितरण केन्द्रका अनुसार चाँगुनारायण मन्दिरमा ३५ लाख ६९ हजार र तलेजु मन्दिरमा २३ लाख १८ हजार रुपैयाँ बक्यौता छ । यसमध्ये तलेजु मन्दिरमा २०६० साल र चाँगुनारायण मन्दिरमा २०६३ सालदेखिको बक्यौता रहेको बर्ताइएको […]

मुख्‍य समाचार समाचार समाज

मिर्गौला प्रत्यारोपणका लागि ‘नातेदार’को दायरा फराकिलो बनाउन सर्वोच्चको आदेश

१८ भाद्र, काठमाडौँ । मिर्गौला प्रत्यारोपणका सम्बन्धमा विद्यमान कानूनले ‘नजिकका नातेदार’लाई मात्र स्वीकार गरेकोमा सर्वोच्च अदालतले त्यस्ता ‘नातेदार’को दायरालाई बढाउन आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र कुमार चुडालको संयुक्त इजलासले नातेदार सम्बन्धमा नयाँ परिभाषा वा दायरा फराकिलो बनाउनुपर्ने देखिएको ठहर गरेको हो । झापा, लखनपुरका मिर्गौला पीडित विष्णुबहादुर खत्रीको मुद्दामा सर्वोच्चले साउन ८ गते […]

मनोरन्जन मुख्‍य समाचार समाचार

संसदमा उठ्यो गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने आवाज

१८ भाद्र, काठमाडौँ । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसदमा आवाज उठेको छ । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै काँग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् । संसद बैठकमा उनले भने, ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरूको […]