१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा समाधानको माग

११ कात्तिक, काठमाडौं । हाल चाडपर्वको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण नेपाल विद्युत प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि विद्युत काटिएको घटनामा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ । संघले यस किसिमको निर्णयले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पुर्याउने  साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने

११ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलको सचिवालयका […]

मुख्‍य समाचार समाचार समाज

पशुपति गौशाला प्रकरण : मारवाडी समितिमाथि ‘अवहेलना’ मुद्दा

११ कात्तिक,  काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा २१ वर्षदेखि संचालन गरिरहेको मारवाडी सेवा समितिले काठमाडौँ जिल्ला अदालतको अवहेलना गरेको दावी गरिएको छ । मारवाडी सेवा समितिले पाटन उच्च अदालतमा दायर गरेको रिटमा काठमाडौँ जिल्ला अदालतको न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाउँदै मानहानी गरेको दावी गरिएको हो । […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

वारेन जायर इमेरीलाई क्लबमा भित्र्याउने रियलको इच्छा

११ कात्तिक,  काठमाडौं । कार्लो अञ्चेलोटीको रियल मड्रिडले पेरिस सेन्ट–जर्मेन (पीएसजी) का वारेन जायर–इमेरीलाई क्लबमा भित्र्याउने इच्छा ब्यक्त गरेको छ । १८ वर्षीय खेलाडीका लागि ११० मिलियन युरो खर्च गर्न रियल तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रियल मड्रिडले आगामी ट्रान्सफर विन्डोका लागि सेन्ट्रल डिफेन्डरको खोजीमा छ । हाल मड्रिडसँग पहिलो टोलीका लागि मात्र […]

खेलकुद मुख्‍य समाचार समाज

भुटानमाथि फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश

११ कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन् । यसैगरी ऋतु पोर्ना चक्मा र शिउली […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उन्नत पदार्थ विज्ञान अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सकियो

११ कात्तिक, काठमाडौं । ‘काठमाडौँ सिम्पोजिया अन एड्भान्स्ड् मटेरियल्स’को पाँचौं श्रृंखला काठमाडौँमा सकिएको छ  । नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस, दिन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, भारत र आई पि डब्लु जर्मनीको आयोजनामा कार्यक्रम आयोजना भएको थियो । दक्षिण एशियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका पदार्थ वैज्ञानिकहरू र […]

मुख्‍य समाचार राजनीति समाचार

सत्ता सौदाबाजीका लागि राष्ट्रियताका सवालमा सम्झौता हुँदैन : प्रधानमन्त्री

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट पारेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आइतबार आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका […]

मुख्‍य समाचार समाज

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ कात्तिक २१ गतेदेखि काठमाडौंमा

११ कात्तिक, काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फाउण्डेशनल कार्तिक २१ गतेदेखि २४ गतेसम्म आयोजना हुने महायज्ञसहित वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनको तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएको हो । महायज्ञमा १,११,१११।– […]

खेलकुद मुख्‍य समाचार समाज

लिभरपुललाई शीर्ष स्थानमा उक्लने मौका

११ कात्तिक, काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति आर्सनलले लिभरपुलको स्वागत गर्दैछ ।  आर्सनलको मैदान इमिरेट्स स्टेडियम लन्डनमा हुने खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ । आर्सनलको प्रिमियर लिगमा शानदार अवे रेकर्ड बर्नमाउथसँग पराजयपछि टुटेको छ । गत हप्ता बर्नमाउथविरुद्धको खेलमा विलियम सालिबा पहिलो हाफमै रातो कार्ड पाएपछि आर्सनलले […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालको नवलपुर जिल्ला समिति गठन

११ कात्तिक, नवलपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ । नवलपुरको गैडाकोटमा आयोजित विस्तारित बैठकबाट ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । पार्टीका उपाध्यक्ष शिवलाल थापाको उपस्थितिमा सो समिति पुनर्गठन गरिएको हो । जसपा नेपालको चार महिने आधारभूत संगठन निर्माण अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले प्रदेशअन्तर्गतका जिल्लामा […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

तराई मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

११ कात्तिक, काठमाडौं । सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित सो कार्यक्रमका लागि दरबन्दी स्वीकृत गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ का लागि अधिकृतस्तरका तीन जना अस्थायी दरबन्दी स्वीकृत गरेको सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए । तराई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कोप २९’ मा नेपालले २२ वटा विषयमा छलफल गर्ने

११ कात्तिक, काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल भएको छ । आइतबार संघीय संसद सचिवालयमा बसेको बैठकले उक्त छलफल गरेको  हो । बैठकमा छलफल गर्दै समिति सचिव डा. रोजनाथ पाण्डेले कोप २९ मा नेपालले २२ वटा विषयमा छलफल गर्नुपर्ने […]