४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार समाज स्वास्थ्य

आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

२९ कात्तिक, काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । प्रत्यक वर्ष झै यो वर्ष पनि ‘म्ष्बदभतभक बलम धभिि–दभष्लन’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी  विश्व मधुमेह दिवस मनाईँदै छ । सन् २०२४ देखि २०२६ सम्म […]

मुख्‍य समाचार समाचार समाज

विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध

२९ कात्तिक, काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग ( एनपीएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् । आलमले सामाजिक सञ्जालमार्फत आफु एनपीएलका लागि विराटनगर किङ्समा अनुबन्धित भएको जानकारी दिएका हुन् । विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस कीर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ । विराटनगरमा नेपाली […]

मुख्‍य समाचार समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

२९ कात्तिक, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोको तीन रुपैयाँले घटेर ६०, लोकल बन्दाको ७०, काउली स्थानीयको १० […]

कर्पोरेट मुख्‍य समाचार समाज

आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै

२९ कात्तिक, काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४” आज देखि सुरु हुँदै छ । मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुने लागेको फिन इलेक्ट्रो टेक २०२४ को आज भव्य उद्घाटन गरिँदै छ । आम उपभोक्तालाई […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ,बिहीबारको विदेशी मुद्राको विनिमय दर

२९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा रहेको छ। त्यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

२९ कात्तिक, काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो । सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना

२९ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ। विभागका अनुसार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ। तराईका केही भागमा हल्का हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा […]

मुख्‍य समाचार राजनीति समाचार स्वास्थ्य

गण्डकी प्रदेशकी सांसद गौचनको निधन

२९ कात्तिक,  काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको गएराती नै निधन भएको हो । डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको पारिवारिक स्रोतले जनाएको छ । उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

२९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटक क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध […]

अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

दुई ब्रोकर एसोसिएशन मर्ज

काठमाडौं । दुई वटा ब्रोकर एसोसिएशन मर्ज भएका छन् । स्टक ब्रोकर एसोसिएशन नेपाल र धितोपत्र ब्रोकर एसोसिएशन लिमिटेड मर्ज भएका हुन् । दुवै ब्रोकर एसोसिएसनबीच मर्जरका लागि बुधबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो । समझदारी पत्रमा स्टक ब्रोकर एसोसिएशन नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर एसोसिएन लिमिटेडका अध्यक्ष सागर ढकालले समझदारी पत्रमा […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्कियो

काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा भाग लिइनेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा पदक विजेता बडीबिल्डरहरु रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठको टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बडीबिल्डररजनी श्रेष्ठले केटीहरु पनि पुरुषहरु भन्दा कम छैनभनेर देखाउनको लागि एकदमै ठूलो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताएका हुन् । युवाहरु आशावादी र उनीहरुमा परिवर्तनको हुटहुटी भएमात्र देशको भविष्य राम्रो हुने उनको भनाइ छ । उनले […]