१६ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

इन्टरनेट सेवा शुल्क अनिवार्य स्वीकृत गराउन निर्देशन

२० भदौ, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायमहरुलाई ग्राहकसँग लिने शुल्क/महसुलदर अनिवार्य स्वीकृत गराउन निर्देशन दिएको छ । बिहीबार प्राधिकरणको आर्थिक विश्लेषण शाखाले एक परिपत्र/सार्वजनिक सूचना गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क/महसुलदर प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराउनुपर्ने स्मरण गराएको […]

मुख्‍य समाचार समाचार समाज

निजामती सेवा विधेयक छिटो पारित गर्ने सरकारको तयारी

२० भदौ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल अगाडि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका अनुसार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ जति सक्दो छिटो पास गराउने सरकारको चाहना छ । बिहीबार समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक […]

समाचार स्वास्थ्य

छालाको क्यान्सर के कारणले हुन्छ, कसरी बच्ने ?

२० भदौ, काठमाडौँ । छाला हाम्रो शरीरको महत्वपूर्ण र शरीरको सबै भागलाई ढाक्ने अंग हो । छाला प्रोटिन, खनिज, भिटामिन, बोसो र धेरै तन्तुहरू मिलेर बनेको हुन्छ । छालाको स्वास्थ्यमा हेरचाह गरेमा यसको चमकले अनुहार र शरीर आकर्षक बनाउँछ । सुन्दरता मात्र होइन, छालाले शरीरको सबै अंगलाई कीटाणु, विकिरण, प्रदूषण र धुलोमैलोबाट सुरक्षा गर्छ । […]

मुख्‍य समाचार समाचार

बाढी प्रभावित आयोजनाका माग पूरा गर्न ऊर्जा उत्पादकहरूको आग्रह

२० भदौ, काठमाडौं । बाढीबाट प्रभावित जलविद्युत् कम्पनीका माग पूरा गर्न निजी लगानीका ऊर्जा उत्पादकहरूले सरकारसँग आग्रह गरेका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीचको छलफलमा उत्पादकहरूले यस्तो आग्रह गरेका हुन् । छलफलमा इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले आश्वासन मात्र दिने र माग पूरा नगर्दा प्रभावित आयोजनाले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कानुन कडा छ तर पालना गर्नेक्रम भने घट्दै गएको छ : पूर्वअर्थमन्त्री पुन

२० भदौ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समयमा कानुन कडा भएतापनि त्यसको पालना भने घट्दै गएको बताएका छन् ।बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिमा भएको बैङ्किक कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा भाग लिँदै उनले कानून बनाउदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य नै बनाउनुपर्ने बताए । उनले भने,‘कानुन एकदम […]

मुख्‍य समाचार समाचार समाज

प्रत्यारोपण केन्द्रमा भइरहेको अनियमितता अन्त्यको माग गर्दै प्रशासनमा ज्ञापन

२० भदौ, भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेथितिविरुद्ध आन्दोलनरत स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गर्दै विहीबार प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाएका हुन् । विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति […]

मुख्‍य समाचार समाचार समाज

मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

२० भदौ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको हो। त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभामा महिला सहभागिता अन्तर्राष्ट्रिय क्षेत्रमै उदाहरणीय : मन्त्री सिंह

२० भदौ, काठमाडौं  । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लैंगिक समानताका लागि कानूनी व्यवस्था मात्र पर्याप्त नहुने बताएका छन् । लैङ्गिक समावेशीकरण सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले लैंगिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताए । ‘लैङ्गिक समानताका लागि कानूनी व्यवस्था मात्र पर्याप्त हुँदैन । हरेक […]

मुख्‍य समाचार राजनीति समाचार

वाइडबडीमा अरुलाई भ्रष्टाचार मुद्दा, निगम अध्यक्षलाई उन्मुक्ति

२० भदौ, काठमाडौं । विशेष अदालतमा बयान दिएका वाइडबडी खरिद प्रकरणका आरोपितहरूले आफूसरह निर्णय प्रक्रियामा संलग्न युवराज अधिकारीलाई मुद्दा नचलाएको विषय प्रमुखताका साथ उठाएका छन् । अधिकारी तीन वर्षदेखि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष छन् । आठ वर्षअघि नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद प्रक्रिया अघि बढाउँदा उनी निगमको वित्त विभागमा कार्यरत थिए । […]

मुख्‍य समाचार समाचार समाज

‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’

२० भदौ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गरे । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले […]

मुख्‍य समाचार समाचार समाज

बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

२० भदौ, लमजुङ । यहाँको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट सुरु गरिएको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिमा ढिलाइ भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक म्याद थप गरिएपनि स्तरोन्नति समयमा सम्पन्न हुन सकेको छैन । यस सडकको स्तरोन्नति गर्ने म्याद आगामी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस

२० भदौ, अमेरिका । उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने भएका छन् । फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने भएका हुन् । त्यहाँ उनले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्नुहुने द वासिङ्टन पोस्ट र सिएनएनले जनाएको […]