१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्य सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

१३ कात्तिक,  काठमाडौं ।  भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्यमा सरकार लागिपरेको बताएका छन् । मंगलबार काठमाडौंमा प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनुपर्ने भन्दै सरकार त्यो काममा लागेको बताए । उनले भने, ‘युवाहरुलाई राष्ट्र निर्माणमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

वैकल्पिक उर्जा सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक’

१३ कात्तिक,  काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जा तथा प्रवद्र्धन सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंका आयोजित  वैकल्पिक उर्जा तथा प्रवद्र्धन केन्द्रको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित हुन जरुरी रहेको […]

मुख्‍य समाचार राजनीति समाचार

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । मंगलबार सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के […]

मुख्‍य समाचार राजनीति समाचार समाज

निषेधित क्षेत्र तोड्ने प्रयस गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ

१३ कात्तिक,  काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ,’ उनले भनेका छन् । प्रहरीले […]

मुख्‍य समाचार समाचार समाज

टक्सार विभागमा असर्फी किन्नेको घुइँचो

१३ कात्तिक,  काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ । असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो । गुणस्तरीय सुन अभाव भएकाले थोरै […]

मुख्‍य समाचार समाचार समाज

महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने

१३ कात्तिक, काठमााडौं । काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । महानगरपालिकाले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन; प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध ,प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि

१३ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरुले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

मुख्‍य समाचार राजनीति समाचार समाज

भक्तपुर क्याम्पस र नगरपालिकाबीच द्वन्द्व : ‘आतकं’ बन्द गर्न विद्यार्थीको माग

१३ कात्तिक,  भक्तपुर । भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्यापुखु(पोखरी)को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिच विवाद थप पेचिलो बन्दै गएको छ । क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २० फिटको सडक खोल्न नगरपालिका र क्याम्पस प्रशासनबीच संवाद जारी रहेकैबेला क्याम्पसको संचरनामा डोजर चलाएर भत्काएपछि स्थिति अजहज बन्दै गएको हो । पटक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आज मन्त्रीपरिषद्को बैठक बस्दै

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने व्यवसायीको लाइन काटेकोबारे निर्णय लिनेगरी गृहकार्य भइरहेको छ ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

बालोन डी ओर अवार्ड रोड्रीलाई

१३ कात्तिक, काठमाडौं । पुरुष फुटबलरहरुको प्रतिष्ठित ‘बालोन डी ओर’ अवार्ड स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् । फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयो समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् । रोड्रीले यो अवार्ड जित्नका लागि रियल म्याड्रिडका स्टार खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिंगह्यामलाई पछाडि […]

मुख्‍य समाचार समाचार समाज

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

१३ कात्तिक,  सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल,  प्रमुख जिल्ला अधिकारी किरण थापा,  जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल,  उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री प्रयोग गरेर एनआरएनएमा बद्री केसी समूहले धम्क्याएको इतर समूहको आरोप

१३ कात्तिक,  काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रयोग गरेर आफू इतर समूहलाई धम्क्याउने प्रयास गरेको भन्दै असन्तुष्टि पोखेका छन् । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गरेर ओलीले दिएको अभिव्यक्तिमा एनआरएनएकै केसीको विपक्षमा रहेकाहरूलाई पनि निशाना बनाउने काम भएको अभियन्ताहरूको भनाइ छ । चौतर्फी विरोधका बिच […]