१६ चैत्र २०८२, सोमबार
राजनीति समाचार समाज

पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् : सभापति देउवा

२१ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएका छन् । हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्त्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् । तीजमा चेलीहरू माइत आउने र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तीज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ : राष्ट्रपति पौडेल

२१ भाद्र,  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन् । तीजको अवसरमा आज शुभकामना सन्देश दिर्दै राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, कहिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर […]

समाचार समाज

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

२१ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]

मुख्‍य समाचार समाचार

भाद्र शुक्ल तृतीया : आज हरितालिका तीज मनाइँदै

२१ भाद्र, काठमाडौँ- धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्‌को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका […]

मुख्‍य समाचार समाचार समाज

बाढीले मोटरसाइकल बगाउँदा दुईको मृत्यु, एक जना बेपत्ता

२१ भाद्र बागलुङ– बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र […]

समाचार समाज

राहदानी सेवा अनिश्चित समयका लागि स्थगित

२० भदौ,  त्रिशूली (नुवाकोट) । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत सहजीकरण गरेर प्रवाह भइरहेको राहदानी सेवा अनिश्चित समयका लागि स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार विद्युतीय राहदानीको बायोमेट्रिक विवरण संकलन प्रणालीमा प्राविधिक समस्या देखिएकाले अनिश्चित समयका लागि सेवा रोकिएको हो । “राहदानी विभागमार्फत प्रवाह हुने राहदानी सेवा जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमार्फत […]

अन्तर्राष्ट्रिय राजनीति समाचार

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना अहिले ‘शान्त बस्नुपर्ने’ : युनुस

२० भदौ, काठमाडौँ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा निर्वासनमा बस्दा ‘शान्त बस्नुपर्ने’ अन्तरिम नेता मोहम्मद युनुसले बिहीबार भारतीय सञ्चारमाध्यमसँग बताउनुभएको छ । हसिनाले १५ वर्षसम्म निरन्तररूपमा बङ्गलादेशको नेतृत्व गर्नुभएको थियो । सरकारी जागिरमा आरक्षणमा व्यापक अनियमितता भएको भन्दै यसको खारेजीका लागि भनी सुरू भएको आन्दोलनका क्रममा जनसहभागिता बढ्दै गएपछि र यसको खतरा आफूमाथि देखेपछि केही आफन्तसहित […]

समाचार

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा थप सुविधा उपलब्ध हुने

२० भदौ, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरूसहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो शेयर, सी-आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको […]

मुख्‍य समाचार राजनीति समाचार

‘जनयुद्ध’को अवमूल्यन गर्ने नेताहरूको भण्डाफोर गर्न ‘प्रचण्ड’को आह्वान

२० भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधान विपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन । सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि […]

मुख्‍य समाचार समाचार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका पहाडी

२० भदौ, काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पालामा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको […]

राजनीति समाचार

सोविता गौतमले भनिन् : जता सरकार कर्मचारी उतै ढल्किए

२० भदौ,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जता सरकार उतै कर्मचारीतन्त्र ढल्किएको दाबी गरेकी छन् ।बिहीबार संविधान निगरानी समूहद्वारा आयोजित सरकारको अभ्यास र शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान जारी भएको १० वर्षमा पनि कार्य नयनको अवस्था कमजोर भएको पनि बताइन ।उनले भनिन, ‘नेपालमा जसको सरकार बन्यो उसै तीर कर्मचारीतन्त्र ढल्किने गरेको […]

समाचार समाज

७ असोजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

२० भदौ, काठमाडौँ । सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । ७ असोजदेखि छुट सहित सहुलियत पसल सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ । चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न […]