१६ चैत्र २०८२, सोमबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

२३ भदौ, झापा । झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो । पक्राउपर्नेहरुमा तीन जना भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने तथा एक जना स्थानीय रहेका छन् । प्रहरीका अनुसार दमक–२ […]

मुख्‍य समाचार समाचार समाज

एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदै

२३ भदौ,  काठमाडौँ । एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । कोशी यसअघिका दुवै खेल जित्दै  ६ अङ्कका साथ शीर्ष स्थानमा छ । कर्णाली एक अङ्कसहित आठौँ स्थानमा छ । यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

इंग्ल्याण्डका खेलाडी मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

२३ भदौ, काठमाडौं । इंग्ल्यान्डका खेलाडी मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय स्पिन अलराउन्डर अलीले आइतबार सन्यास लिएका हुन् । इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए । ‘म ३७ वर्षको भए यसै महिना अष्ट्रेलिया सिरिजमा परिनँ । इंग्ल्यान्डबाट मैले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनयुद्धलाई अपमान गर्ने प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक :  प्रचण्ड

२३ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका […]

मुख्‍य समाचार समाचार समाज

राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

२३ भदौ,  चितवन । राप्तीमा बेपत्ता दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । भरतपुर महानगरपालिका–२७, जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भने, “नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी पार्टी संविधान संशोधन विरोधी होइन : अध्यक्ष दाहाल

२३ भदौ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे । उत्पीडित वर्ग र समुदायका उत्थानका लागि […]

मुख्‍य समाचार समाचार समाज

बम विस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने

२३ भदौ, काठमाडौं । पाँचथरको  फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ  । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्  […]

मुख्‍य समाचार समाचार समाज

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

२३ भदौ, काठमाडौं । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको संख्या एकलाख नाघेको छ । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

२३ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १२ सय रुपैयाँले घटेर घटेको  हो । यस अघि शुक्रबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार एक सय रुपैयाँमा कारोबार भैइरहेको छ । त्यस्तै आज चाँदीको […]

मुख्‍य समाचार समाचार समाज

साक्षरता दिवस : नेपालमा पढ्नलेख्न जान्नेको संख्या दुई करोड तीन लाख

२२ भदौ, काठमाडौं । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् । पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि […]

मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा ५४ दिनदेखि बजेट शून्यतामा,चौतर्फी रूपमा समस्या बढ्दै

२३ भाद्र,  धनगढी ।  चालु आर्थिक वर्ष २०८१/०८२ सुरु भएको शुक्रबार ५४ दिन पुगेको छ । तर, सुदूरपश्चिम प्रदेश सरकारले भने अहिलेसम्म चालु आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेको छैन । सिङ्गो प्रदेश नै अहिले बजेट शून्यतामा छ । बजेट शून्यताले चौतर्फी रूपमा समस्या बढ्दै गएको छ । सुदूरपश्चिम सरकारअन्तर्गतका कर्मचारीले साउनदेखि पारिश्रमिक पाएका छैनन्, जसका कारण […]

समाचार समाज

ट्याङकर चालक र सहचालकमाथि चक्कु प्रहार

२३ भाद्र,  कैलाली । कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएको छ । हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवा घाइते भएका  छन् । दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । घटनामा संलग्न […]