१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा

२१ कात्तिक, काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा कात्तिक २१ गतेदेखी २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमै पहिलोपटक १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागि हुने विश्वास आयोजकले लिएको छ । महायज्ञको औपचारिक उद्घाटन वैदिक […]

मुख्‍य समाचार समाज स्वास्थ्य

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने

२१ कात्तिक, काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् […]

मुख्‍य समाचार समाज

छठको दोस्रो दिन आज खरना मनाइँदै

२१ कात्तिक, काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ । शुक्ल पञ्चमी तिथीको दिन खरनामा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : कोशी र गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

२१ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

२१ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते […]

बागमती मुख्‍य समाचार समाज

हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा

२१ कात्तिक,  हेटौँडा । हेटौँडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको छ । ‘गत वर्षको भन्दा यो […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

काठमाडौँको भित्तामा ‘साम्बा’

२१ कात्तिक, काठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका […]

मुख्‍य समाचार राजनीति समाज स्वास्थ्य

प्रधानमन्त्री ओली बिरामी

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको छ । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा हुन्छ ।

मुख्‍य समाचार राजनीति समाज

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

२० कात्तिक, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित भारतमण्डप केन्द्रमा आज भएको भेटमा दुवै देशबीच भविष्यमा दिगो विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा सङ्क्रमणलगायत विषयमा सहकार्य गरेर जाने विषयमा छलफल […]

गण्डकी मुख्‍य समाचार समाज

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

२० कात्तिक, तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो । तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । “यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य […]

मधेश मुख्‍य समाचार समाज

वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

२० कात्तिक, वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताए । “छठपर्वमा विशेष सुरक्षा प्रबन्ध मिलाउनेछौँ,’’ उसले भने, ‘‘विगतका छठपर्वका जोखिमका विषय के–के हुन्, ती विषयलाई […]