१६ चैत्र २०८२, सोमबार
समाचार समाज

बाल संरक्षण केन्द्रका एक बालकको शव फेला, एक बेपत्ता

२४ भाद्र, काठमाडौँ ।  यहाँको भिमेश्वर नगरपालिका-१ स्थित अधिकारका लागि बाल संरक्षण केन्द्र नेपाल नामक संस्थामा बस्दै आएका एक बालकको शव जङ्गलमा फेला परेको छ । यही भदौ १२ गते विद्यालयबाट उक्त संस्थामा आश्रित दुई बालक सम्पर्क विहीन भएका थिए । उनीहरुको खोजि गरिदिन प्रहरीलाई आग्रह गरी निवेदन प्राप्त भए पश्चात् प्रहरीले खोजतलास गर्दा एक […]

समाचार

श्री एयरले काठमाडौं–पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने

२४ भाद्र, काठमाडौँ ।   निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ-पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने जनाएको छ । एयरलाइन्सले आगामी असोज ४ गतेसम्म काठमाडौँ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो । एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका […]

समाचार समाज

‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गरिने’

२४ भाद्र, काठमाडौँ ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सम्बन्धित निकायसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको हो । सोही अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले तयार गरेको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता […]

समाचार समाज

डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

२४ भाद्र, झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र बिर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत […]

मुख्‍य समाचार राजनीति समाचार

आज बिपी कोइरालाको १११औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनः स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले […]

समाचार समाज

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२४ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । सोमबार देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, […]

समाचार समाज

काठमाडौँमा विभागले सडकका खाल्डाखुल्डी पुर्न थाल्यो

२३ भाद्र, काठमाडौँ । सरकारले चाडपर्वमा  खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । सडक विभागले चार दिनदेखि खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको जानकारी दिएको छ ।  नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर र सोह्रखुट्टेदेखि बालाजु क्षेत्रका सडकको खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको बताइएको छ

समाचार समाज

महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ

२३ भाद्र,  काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा सिरहा घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी एक महिलाको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरी तथा सर्लाहीको बसगरिया गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्ने […]

राजनीति समाचार

विकास निर्माणका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

२३ भाद्र,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्वर्) जिल्ला कमिटीले जिल्लाको विकास निर्माण र भौतिक पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सो जिल्लाका केन्द्रीय  सदस्य, पार्टीबाट गण्डकी प्रदेश सरकारमा रहेका मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितको प्रतिनिधिले सो ध्यानाकर्षण गराएको हो । मागपत्रमा जिल्लाको नामकरण […]

समाचार समाज

प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२३ भाद्र,  काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको तिरहुत गाउँपालिकामा पर्यटन क्षेत्र प्रवेशद्वार र अन्य भौतिक संरचना निर्माणमा अनियमितता गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद […]

समाचार

खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन

२३ भाद्र,  काठमाडौँ । सरकारले सरकारी कार्यालयहरूमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो । १२ पुस २०८० को मन्त्रिपरिषद्को निर्णयअनुसार २९ माघ २०८० मा प्रकाशित राजपत्रले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

२३ भाद्र,  काठमाडौँ । गत साता पोल्टावा सहरमा भएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको छ । सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा भएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी आक्रमण थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो । युक्रेनी […]