१७ चैत्र २०८२, मंगलवार
समाचार समाज

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिँह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन गएका खत्रीको गोठेउडीे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार समाज

डोटीमा कोठाभित्र मृत फेटिएका वृद्धको हत्या आरोपमा युवक पक्राउ

धनगढी – डोटीको कोठामै मृत भेटिएका वृद्धको हत्या अरोपमा एक युवक पक्राउ परेका छन । दीपायल सिलगढी नगरपालिका–६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टको हत्या आरोपमा प्रहरीले दीपायल सिलगढी–६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरेको हो । परिवारका सदस्यहरूले बिहीबार विष्ट हराएको भन्दै प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा वृद्धको शव विहिबार […]

समाचार समाज

कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर बेदकोट नगरपालिका–५ धरमपुर का १८ वर्षीय हविल डगौराको मृत्यु भएको हो। उनको साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मुख्‍य समाचार समाचार समाज

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको उनले पत्र मार्फत जानकारी गराएका छन् । महासङ्घले तेस्रो पटक निर्वाचनको मिति तोकेको छ । […]

मुख्‍य समाचार समाचार

सार्कको अध्यक्षता पाकिस्तानलाई सुम्पिन नेपाल आतुर छ’

२४ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाश्मीले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो। भेटमा अध्यक्ष दाहालले नेपाल–पाकिस्तान कूटनीतिक सम्बन्ध ६ दशक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विकास योजनाहरुको अनुगमनमा मन्त्री काफ्ले,  समयमै काम सक्न निर्देशन

२४ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले लगानी अनुसारका विकास योजनाहरु समयमै सम्पन्न गराउन निर्देशन दिएका छन् । विकास योजनाहरु समयमै सम्पन्न नहुने पूरानै समस्या दोहोरिएपछि मन्त्री काफ्लेले विभिन्न मन्त्रालय अन्तर्गतका योजनाहरुको अनुगमन तथा योजना हेर्ने कार्यालयका प्रमुखहरुसँग छलफल थालेका हुन् । उनले सोमबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद […]

मुख्‍य समाचार राजनीति समाचार

सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन’

२४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताएका छन् । बीपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको बताए । सत्तालाई साध्य मानेर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

२४ भदौ, काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् । सरकारको कामको मूल्याङ्कन, […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको प्रदेशस्तरीय बैठक सकियो, ७० नेताले दिए सुझाव

२४ भदौ, उदयपुर । नेकपा माओवादी केन्द्रको एक नम्बर प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन् । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

इन्द्र जात्राको अक्षयकोष १५ करोड बनाउने मन्त्री पाण्डेको घोषणा

२४ भदौ, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् । सोमबार इन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले  इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाए । इन्द्र जात्रासँग सरोकारका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजदूत सिफारिस समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

२४ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाएकी छन् । सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय सुनुवाइ समितिले यसबारे छलफल गर्न परराष्ट्रमन्त्री राणालाई बोलाएको थियो । छलफलमा मन्त्री राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव […]