१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

२७ भाद्र, गलकोट (बागलुङ) ।  विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो । स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार […]

मुख्‍य समाचार राजनीति समाचार

महेश बस्नेतविरुद्धको मुद्दा खारेज

२७ भाद्र, काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो । न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ । यो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आज चारवटा संसदीय समितिको बैठक बस्दै

२६ भाद्र, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज विभिन्न चार समितिहरूको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यस्तै, समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा […]

मुख्‍य समाचार समाचार समाज

कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था

२६ भाद्र, काठमाडौँ ।  राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई उक्त समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाको मङ्गलबारको बैठकबाट पारित भएको हो । नेपालमा हाल सञ्चालित सरकारी, निजी तथा सामुदायिक सञ्चारमाध्यमको भन्दा […]

मुख्‍य समाचार समाचार समाज

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी,४२ जिल्लाका ६१ स्थानमा पसल राखिने

२६ भाद्र, काठमाडौँ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । आमउपभोक्ताको […]

मुख्‍य समाचार समाचार समाज

सम्बन्ध विच्छेद गर्छु भन्दा श्रीमतीको हत्या

२७ भाद्र, काठमाडौँ ।  सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनीहरु हाल पोखरा महानगरपालिका ८ मा बस्दथे । राधिकाको घाँटी र पेटमा चोट लागेको छ । […]

मुख्‍य समाचार समाचार समाज

आज हावाहुरीसहित भारी वर्षाको सम्भावना

२७ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

असोज १३ देखि २२ गतेसम्म सफा र सुकिलो नोट साट्न पाइने

२६ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादसँैमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । “नेपाल राष्ट्र बैंकको मुद्रा […]

मुख्‍य समाचार समाचार समाज

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

२६ भाद्र, काठमाडौँ । उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन् । आज साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन् । मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराउनुभयो । प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की […]

मुख्‍य समाचार राजनीति समाचार

राजीनामा नदिए प्रक्रियाबाट हटाइने,राजधानी नछाड्न सांसदहरुलाई आग्रह

२६ भाद्र, काठमाडौँ । सत्ता गठबन्धन दलहरू नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना दलका सांसदहरुलाई राजधानी बाहिर नजान निर्देशन दिएका छन् । अर्कातर्फबाट उपसभामुख इन्दिरा रानाको राजीनामा विषयले सदनमा  सदन बाहिर बहस तातिदै गएको छ ।  नेकपा एमाले सांसदहरू उपसभामुख रानाको राजीनामाको विषय सदनमा उठाएको भोलिपल्ट नै सत्ताको अर्को घटक नेपाली काँग्रेसले पदाधिकारी बैठक बसेर उसभामुखको राजीनामा माग गरेको छ । आज बसेको पार्टी पदाधिकारी र […]

मुख्‍य समाचार समाचार समाज

जापानी इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

२६ भाद्र, काठमाडौँ । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस सङ्क्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट

२६ भाद्र,  काठमाडौँ । आइसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । नेपाल  क्रिकेट संघ (क्यान)  ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पुजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, […]