१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

एउटै मञ्चबाट सम्बोधन गर्दै ‘प्रचण्ड’-बाबुरामले भने-हामी गणतन्त्रका मूलधार

२७ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूहरू गणतन्त्रका मूलधार भएको बताएका छन् । मण्डला थिएटर काठमाडौँको एउटै मञ्चबाट सम्बोधन गर्दै उनीहरूले नेपालमा चलेको दश वर्षे सशस्त्र युद्ध लाखौँ जनता सहभागी भएर लडिएको परिघटना भएको बताए । उनीहरूले आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक […]

मुख्‍य समाचार राजनीति समाचार

आफूले गरेको कामको प्रचार गर्न गगन थापाको निर्देशन

२७ भदौ,काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको जनप्रतिनिधिहरूलाई आफूले गरेको कामको प्रचार गर्न निर्देशन दिएका छन् । पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै धेरै राम्रो काम गरे पनि स्थापित गर्न नसकेको बताए । उनले भने, ‘हाम्रो साथीहरूले स्थानीय तहमा धेरै काम गर्नुभएको छ । तर, हामीले आफूले गरेको कामको […]

मुख्‍य समाचार समाचार समाज

रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

२७ भदौ, तनहुँ । भिमाद नगरपालिका-६ रंगशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर आज एक वृद्धको मृत्यु भएको छ । सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

सन्दीपलाई अमेरिकाले दियो भिसा

२७ भदौ, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । केही दिन अगाडि नै उनको भिसा लागेको स्रोतले बताएको छ । आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरूलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् । […]

मुख्‍य समाचार समाचार

लागूऔषध बिक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

२७ भदौ,  काठमाडौं । प्रनितिधि सभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् । दिया फार्मेसीको सञ्चालकसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पक्राउ गरेको हो । यसअघि लागुऔषधसहित पक्राउ परेका व्यक्ति वयानका क्रममा ढाकाकुमारको फार्मेसीबाट खरिद गरेको बताएपछि प्रहरीले ढाकाकुमारलाई पक्राउ गरेको हो ।यसअघि साउन ३ गते प्रहरीले रोल्पा […]

मुख्‍य समाचार समाचार समाज

दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन हुने

२७ भदौ,  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीलाई उनीहरुको मागबमोजिम समायोजनसम्बन्धी नीति संशोधन हुने व्यवस्था गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको हो ।  मन्त्रालयले समायोजनका […]

मुख्‍य समाचार समाचार समाज

दार्चुलामा जिप अनियन्त्रित भइ नालीमा खस्दा ९ जना घाइते

२७ भदौ,  धनगढी। गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका–७ धामीगडामा दुर्घटनामा परेको हो।जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। बिहिवार साढे १२ बजेको समयमा जिप अनियन्त्रित भइ नालीमा खस्दा जिपमा सवार ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भएको र उपचारपछि […]

मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा हावाहुरीसँगै आएको वर्षाले उखु र धानबालीमा क्षति

२७ भदौ,  कञ्चनपुर । कञ्चनपुरमा हावाहुरीसँगै आएको वर्षाले उखु र धानबालीमा क्षति पुर्‍याएको छ । बिहीबार रातिदेखि हावाहुरीसँगैको वर्षाले किसानले लगाएका उखु र धानबालीमा क्षति पुर्‍याएको हो । पसाउने क्रममा रहेका धानको लागि पानी पर्दा केही राहत भए पनि हावाहुरीले पसाएको धान ढलाउँदा किसान चिन्तित बनेका छन् । हावाहुरीले उखुमा पनि क्षति पुर्‍याएको छ । […]

मुख्‍य समाचार समाचार समाज

करेन्ट लागेर एक बालकको मृत्यु

२७ भदौ, काठमाडौं । करेन्ट लागेर कैलालीको गोदावरीमा एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर बिहीवार बिहान मृत्यु भएको हो । घरमा खेल्ने क्रममा नाङ्गो तार छोइदा करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले […]

मुख्‍य समाचार समाचार समाज

विभिन्न चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

२७ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि क्यानमारका आवसीय राजदुत म्यो मिन्ट माउङ, अष्ट्रेलियाका आवसीय राजदुत लीन एलिजाबेथजोनस्टन ,फ्रान्सका आवसीय राजदुत भर्जिनिया फसल  र जाम्बियाका गैरआवसीय राजदुत पर्सी प्यासन चन्दले […]

मुख्‍य समाचार समाचार

भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

२७ भदौ, काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र जटिल भू–वनौट देशको पूर्वाधार विकासको मुख्य चुनौती रहेको बताएका छन् । बिहीबार काठमाडौंमा सिएनआइले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ लाई  सम्बोधन गर्दै उनले पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार गर्नु आवश्यक […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिबीच  कार्यसम्पादन सम्झौता भएको […]