३ कार्तिक २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

हेटौंडा–१२, मा मतदान सुरु

१६ मङ्सिर, हेटौंडा । हेटौंडा–१२, मा हुने स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदाताहरु विहान ४ बजेबाट मतदानको लागि उत्साहित हुँदै लाइनमा बसेका थिए । बागमती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार उक्त वडामा कुल […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

शहरी विकास मन्त्री सिंहले गरे मतदान

१६ मङ्सिर, काठमाडौं । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् । पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा कुरामा जोड दिए । […]

खेलकुद बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

१६ मङ्सिर, एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने

१६ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरु छैनन् । आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरु नराखिएको नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ । आजको खेल भोलिको लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् । क्यानका अनुसार भोलि […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

कीर्तिपुरमा मतदान जारी

१६ मङ्सिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै

१६ मङ्सिर, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । आज (आइतबार) बिहानको ११ बजे समिति हलमा उक्त बैठक बस्न लागेको हो । बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । आजको बैठकको लागि समितिमा युवा तथा खेलकुद मन्त्री, मन्त्रालयका सचिव, सदस्य […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

१३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल मलेसिया भ्रमणमा

१६ मङ्सिर, काठमाण्डौं । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल शनिबार साँझ मलेसिया प्रस्थान गरेको छ । मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि संसदीय प्रतिनिधि मण्डल मलेसिया गएको हो । संसदीय प्रतिनिधि मण्डलमा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा युवा सम्मेलन : ११ बुँदे घोषणापत्र जारी

१६ मङ्सिर, कास्की । ११ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा युवा सम्मेलन सम्पन्न भएको छ । नेपाल युवा परिषद्को आयोजनामा सम्पन्न सम्मेलनमा प्रदेशभित्रका करिब २ सय जना युवा सहभागी भएका थिए । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर 

१६ मङ्सिर, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १ सय २४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १ सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ भने […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

१६ मङ्सिर, काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ । जसको कारण देशको तराई भू–भागका केही स्थानहरूमा कुहिरो लागेको छ भने अन्य स्थानमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति सोचेजस्तो सजिलो छैन्

नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै समाजमा लाञ्छना र भेदभाव कायम रहेको पाइन्छ । सन् २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने सरकारी रणनीति रहेपनि त्यो संभव नभएको सरोकारवालाहरुको भनाइछ । यसै सिलसिलामा राष्ट्रिय एचआइभी एड्स महासंघ नेपालका […]

अन्तर्राष्ट्रिय प्रदेस समाचार मधेश मनोरन्जन मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

जनकपुर । जनकपुर धाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहित भएका छन् । प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिएको जनकपुर धाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

स्थानीय तहका रिक्त पदका लागि मतदान हुदैँ

काठमाडौं । आज आईतबार स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदाता नामावलीमा नाम […]