१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति विचार समाज

प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : प्रचण्ड

३० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्ने इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ […]

मुख्‍य समाचार समाज

गुरु नानक जयन्ती मनाइयो, शिख समुदायका समस्या सम्बोधन गर्न माग

३० कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको ५५५औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरि मनाइएको छ । काठमाडौं कुपन्डोलमा रहेको गुरुद्वार गुरुनानक संत्सग समितिले विशेष समारोहका आयोजना गरेर नेपाल रहेका अल्पसंख्यक शिख समुदायको योगदान र समस्याका विषयमा चर्चा गरेका छन् । सयौंको संख्यामा भेला भएका शिख समुदायका व्यक्ति […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति समाचार समाज

सात बुँदे सम्झौता अनुरुप नै सरकार चल्छ : मन्त्री सिंह

३० कात्तिक, विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संयन्त्र किन आवश्यक परेको हो भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘सात […]

प्रवास मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात

३० कात्तिक, काठमाडौं । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो ।  नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको छ  । भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक जारी

३० कात्तिक, काठमाडौं । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा राष्ट्रिय गौरवका आयोजना र आयोजनाहरुका विद्यमान समस्या, तिनका कारण र समाधानका उपायबारे छलफल गर्न […]

मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

३० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बालबालिका र किशोर किशोरीका समस्या समाधान गर्न कानुन आवश्यक

३० कात्तिक, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका, किशोर किशोरी सम्बन्धी समस्या समाधान गर्न उपयुक्त प्रबन्ध मिलाउने बताएका छन् । राष्ट्रिय किशोरी तथा किशोर सञ्जालको भक्तपुरमा भएको राष्ट्रिय भेलाको निष्कर्ष सभामुख समक्ष हस्तान्तरण कार्यक्रममा उनले किशोर किशोरीहरुका समस्या सम्बन्धी विभिन्न संघसंस्थाहरुले दिएको सुझावको पूर्ण कार्यान्वयन गर्न आवश्यक छलफल बहसहरु गर्ने बताए । उनले भने, […]

खेलकुद मुख्‍य समाचार समाज

एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गरेका हुन् । खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ’नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटलमा […]

अर्थ मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं

३० कात्तिक, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनुपर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई समेत नेपालमै हुनुपर्ने बताएका हुन् । उनले भने, ‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र  नेपालको पैसा […]

मुख्‍य समाचार समाचार समाज

गुरुनानक जयन्ती मनाइँदै, उपराष्ट्रपतिले दिए शुभकामना सन्देश

३० कात्तिक, काठमाडौं । शिख धर्मावलम्बीहरुले आज गुरुनानक जयन्ती मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउने गर्छन् । गुरुनानक देवको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप प्रज्ज्वलितलगायत कार्यक्रम आयोजना गरिएका छन् । यसै सिलसिलामा आज दिउसो कुपन्डोलको गुरुद्वारामा विशेष समारोहको आयोजना गरिदैछ । गुरुनानकको जन्म विसं […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

३० कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् । अजरबैजानबाट कतारको राजधानी दोहा हुँदै राष्ट्रपति पौडेलको टोली शुक्रबार बिहान काठमाडौं आइपुगेको हो । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गत सोमबार बाकुतर्फ प्रस्थान गरेको थियो । […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

३० कात्तिक, दार्चुला  । शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल […]