११ आश्विन २०८३, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

रौतहट । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा अवरोध पुगेपछि प्रहरी प्रशासनको सहयोगमा ती संरचना हटाएर जग्गा खाली गराइएको हो । नगरपालिकाका अनुसार स्थानीय शैनुल नट र राम बिनय ठाकुरले वर्षौँदेखि नगरपालिकाको दुई कट्ठा जग्गा अतिक्रमण गरी बसोबास गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

काभ्रेपलाञ्चोक, ४ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । केन्द्र्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा

वालिङ स्याङ्जा, ४ वैशाखः भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ । यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो । वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि […]

बागमती मुख्‍य समाचार विशेष समाचार

एनएमएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिका अनुसार संघको १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि उपत्यकाबाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुँदैछ । काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुनेछ। मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

फेरियो धोबी बजार, बढ्यो चहलपहल

रामेछाप । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार सडक सञ्जाल विस्तार भए पछि ठप्प भएको थियो । तर लिखु तामाकोसी गाउँपालिकाको केन्द्र बनेपछि सुकेको बजार पुनः गुलजार बन्दै गएको छ । सडक विस्तार नहुँदासम्म जिल्लाको उत्तरी क्षेत्रबाट पुरानो सदरमुकाम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

काठमाडौं । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली समाजमा आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई सम्मान गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ । परम्परागत रूपमा धार्मिक आस्था, संस्कार र पारिवारिक मूल्यसँग जोडिएको यो दिन पछिल्लो समय भने आधुनिक जीवनशैली र प्रविधिको प्रभावसँगै नयाँ ढंगले मनाउन थालिएको छ । विशेषगरी युवापुस्तामा सोसल मिडियामार्फत आमाप्रतिको माया […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन् । सो क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए । त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको उनले बताए । मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ । प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ । समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दुई चारतारे होटलसँग पौवाको सम्झौता, नेपाली आतिथ्यताको विस्तार गर्ने लक्ष्य

काठमाडौं । नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा शाखा विस्तार गरेको छ । पौवाले जनकपुरस्थित होटल रोयल प्यालेस तथा भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाललाई विस्तार गरेको हो। यो विस्तार केवल शाखा वृद्धि मात्र नभई नेपाली आतिथ्यतालाई व्यावसायिक उत्कृष्टता, संस्थागत व्यवस्थापन क्षमता र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ संस्कृत श्लोकउद्धृत गर्दै आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका हुन् । उनले भने, ‘माताको काख न्यानो, चरण तीर्थजस्तै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु : कार्यवाहक प्रमुख आफैँ फिल्डमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रबाट सडक आश्रित सहयोगापेक्षीको उद्धार कार्य सुरु गरेको छ । काठमाडौँलाई सडक आश्रित सहयोगा पेक्षीमुक्त सहर बनाउन महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार गर्न थालेको हो । यस कार्यको पहिलो दिन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, […]