११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सडक आश्रित व्यक्तिको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं । ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौंका सडकमा मानिसहरू किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरूको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा शारीरिक अवस्था र आदत जस्ता पक्षका आधारमा व्यवस्थापन गरेर काठमाडौंलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने योजनामा छौँ ।’ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेगरी बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा र अन्य विविध विषयमा छलफल हुने छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुख र उद्योगमन्त्रीबिच भेट, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् । बुधबार सभामुख डीपी अर्याल र उद्योगमन्त्री गौरीबिच भेटवार्ता भएको हो । उनीहरुबीच भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिएका छन् । साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा उनले समानुपातिक सांसदहरूको ‘मिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे । प्रधानमन्त्री शाहले सांसदहरूलाई भने, ‘तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खत्याडबासिलाई सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य

मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकाका बासिन्दाका लागि लामो समय देखि झेल्दै आएको प्रशासनिक सास्ती अन्ततः अन्त्यतिर उन्मुख भएको छ । रारा राष्ट्रिय निकुञ्ज का कारण सदरमुकाम गमगढीसँग प्रत्यक्ष सडक सञ्जाल जोडिन नसकेको यस क्षेत्रका नागरिकहरू अब नागरिकता,राहदानी,मालपोत तथा नापीसम्बन्धी सेवा आफ्नै गाउँपालिकाबाटै पाउने भएका छन् । बुधबार देखि खत्याड गाउँपालिकामा इलाका प्रशासन […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

म्याग्दी, ३ वैशाखः म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि : पेट्रोलको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बैशाख ३ गते बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । विज्ञप्ति अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यद्यपि, पेट्रोलको मूल्य […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भईरहेको छ । दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत बागमती र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ, २ वैशाखः राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए । अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री पद नपाएपछि मन्त्री कुँवरल पदबाट राजीनामा दिएका हुन् । बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।

बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्रीको मौनतामाथि रक्षा बमको प्रश्न : संसदमा बोल्न किन चुक्नुभयो ?

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्रीको मौनताप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन् । उनले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाइएको उल्लेख गर्दै चुनावपछि जनतालाई धन्यवाद दिन र परिवर्तनबारे सम्बोधन गर्नुपर्ने दायित्व पूरा नभएको बताएकी छन् । प्रधानमन्त्रीले संसदमा नबोली अधिवेशन अन्त्य गरेकोप्रति पनि उनले आपत्ति जनाएकी छन् […]