११ आश्विन २०८३, आईतवार
मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

शनिबार र आइतबार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय, ओपीडी सेवा बन्द हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताए । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

प्रि-मनसुनको वर्षाले राहतः वन डढेलोका घटनामा भारी गिरावट, ९ वर्षयताकै न्यून क्षति

काठमाडौं । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाएका हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले सन् २००६ पछि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । संस्थाले यसलाई पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम भनेको छ । नयाँ वर्ष वि सं २०८३ को […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । २०७४ सालमा भएको निर्वाचनमा डोटी–१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् । गत निर्वाचनमा सभापति गगन थापाले […]

बागमती मुख्‍य समाचार विशेष समाचार

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा.ओजस्वी शेरचन चयन भएकी छन् शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो । उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।

बागमती मुख्‍य समाचार विशेष समाचार

अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो । उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय समय बिहीबार र शुक्रबार मध्यरातमा लागू हुनुभन्दा ठीक अघि, इजरायल रक्षा बलले बिहीबार दक्षिणी लेबनानका धेरै क्षेत्रहरूमा ठूलो मात्रामा हवाई आक्रमण गरेको छ । लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा धेरै मानिसहरू मारिएका वा घाइते भएका छन्, जसमा धेरै चिकित्सा कर्मचारीहरू पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

काठमाडौं । कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो । निर्वाचित भएपछि उनले निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको भन्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् । उनले भने, ‘अहिले संसद भवनको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो । सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए । उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

असन क्षेत्रमा सामाजिक तथा परम्परागत कार्यक्रम सुरु हुँदै, सवारी आवगमनमा कडाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ गर्दैछ । आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागेको प्रवक्ता नविन मानन्धरले जानकारी दिए । मानवीय तथा सवारी आवागमन […]