११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हुम्ला र कालिकोटबाट दुई सुत्केरीको हवाई उद्धार

सुर्खेत । हुम्ला र कालिकोटबाट दुई जना सुत्केरी महिलाको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको थियो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार सुर्खेत ल्याइएको हुम्लाका निमित्र् प्रमुख जिल्ला […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वीरगन्जमा मुख्य सडक विस्तार सुरु, डोजर चलाएर काम अगाडि बढाइयो

वीरगन्ज । लामो समयदेखि प्रतीक्षामा रहेको वीरगन्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ । बिहान करिब ५ बजेदेखि सडक डिभिजन कार्यालय हेटौँडाको पहलमा डोजर परिचालन गरी संरचना हटाउने काम थालिएको हो । वीरगन्जस्थित त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक खण्डलाई फराकिलो बनाउने लक्ष्यसहित दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने […]

बागमती मुख्‍य समाचार विशेष समाचार

बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै

मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत आज बिहान ११ बजे बैठक बस्ने भएको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बैठकमा गत २५ र २६ चैतमा प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक तथा दफाबार छलफल गर्ने कार्यसूची तय गरिएको छ । उनका अनुसार सदनमा उठेका विषयहरूलाई सम्बन्धित समितिमा पठाई विस्तृत अध्ययन तथा दफाबार छलफल गरिनेछ । “समितिबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह

इस्तानबुल (टर्की) । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत ६ वैशाखः जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता छिन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता भएकी हुन् । मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सर्लाहीमा पुरानो रिसिबीका कारण युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन् । शनिबार साँझ करिब ६ः१५ बजे गोडैता नगरपालिका–७ मा पुरानो रिसइबीका कारण दुई पक्षबिच विवाद हुँदा झैँ–झगडा भएको थियो। सोही क्रममा गोडैता–७ का १८ वर्षीय आकाश दासमाथि पछाडिबाट धारिलो हतियार कैँची प्रहार गरिएको प्रहरीले जनाएको छ । कैँची प्रहारबाट घाइते […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्णबहादुर खड्काले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्नेगरी बोलाएका हुन् । बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । छलफलपछि निकटका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसको कानुनी कुरा मिल्यो, राजनीतिक रुपमा मिलाउन सभापतिको भूमिका महत्वपूर्ण छ : सानुबाबु महर्जन

ललितपुर । नेपाली कांग्रेसका नेता सानुबाबु महर्जनले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार्नुपर्ने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई नै आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेपछि महर्जनले विगतमा पनि अदालतको फैसलाहरु स्वीकारेकाले अब पनि स्वीकारेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएका हुन् । नेविसंघको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

युद्धविराम कायम राख्न इजरायल–लेबनान दुवै पक्ष प्रतिबद्ध हुनुपर्ने : हिज्बुल्लाह प्रमुख

काठमाडौं । हिज्बुल्लाहका प्रमुख नइम कासेमले इजरायलसँग जारी १० दिने युद्धविराम दुवै पक्षले पूर्ण रूपमा पालना नगरेसम्म टिकाउ हुन नसक्ने बताएका छन् । उनले युद्धविराम प्रभावकारी बनाउन लेबनानविरुद्ध हवाई, स्थल र समुद्री सबै प्रकारका आक्रमण पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिएका छन् । साथै, लेबनानी भूमिबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग समेत राखेका छन् […]

मधेश मुख्‍य समाचार समाचार

१३ वर्षपछिको प्रतीक्षा अन्त्यस् वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु

रौतहट । मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५र२५ मिटर कायम गर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन थालेको हो। विगत १३ वर्षदेखि विभिन्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोसी प्रदेश लगायत बाँकी […]