११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने कांग्रेस निर्णय 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ । बैठकले अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ भने सामाजिक सञ्जाल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई पर्व मनाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् । उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए । उनले भने, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगोे लगाएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । बैठकमा मुख्य सचेतक र दुई जना सचेतक चयन गर्ने निर्णय गरेको छ । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय […]

बागमती मुख्‍य समाचार समाचार

सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङका अनुसार आज छापावाल सुनको तोलामा १०० रुपैयाँले बढेर तीन लाख दुई हजार ८०० रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य पाँच हजार २ सय ५० रुपैयामा कायम भएको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालेन शाह विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं । चर्चित अमेरिकी म्यागजिन टाइमले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सन् २०२६ को विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन् । र्याप संगीतबाट राजनीतिमा आएका ३५ वर्षीय शाहलाई युवा विद्रोहको प्रतीक र शक्तिशाली उदीयमान नेताका रूपमा टाइमले चित्रण गरेको हो । अप्रिल […]

बागमती मुख्‍य समाचार विशेष समाचार

इमानसँग अर्थमन्त्री : सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवद्र्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत वर्तमान आर्थिक चुनौतीहरू सम्बोधन गरिने उल्लेख गरे । अर्थमन्त्री वाग्लेले पूँजी विकास, रोजगारी सिर्जना तथा बढ्दो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संविधान विपरित स्थानीय तहमा निर्वाचित महिला हटाउन मिल्दैन : उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य उर्मिला थपलिया(सीता)ले धादिङ जिल्लामा विकास निर्माणका कामलाई प्राथमिकता दिन माग गरेकी छिन् । वुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको छलफलमा उनले राष्ट्रिय एवम क्षेत्रीय विषयहरुसहितको माग अघि सारेकी हुन् । उनले समाजमा व्याप्त चरम वेथिति र कुशासनका कारण जनताले स्थायित्वसहित समृद्धिको अपेक्षा गरेकाले जनताको विश्वास र भरोसा माथि खेलवाड […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएका हुन् । बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

चितवन, ३ वैशाखः जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ । उनका अनुसार जिल्लामा दैनिक एकसय १५० युनिट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो । अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विकासमा सुस्त कर्णाली : नौं महिनामा २४ प्रतिशत खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ दशमलव २१ प्रतिशत विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । फागुन मसान्तसम्म १९ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले पछिल्लो एक महिना चार प्रतिशत बजेट […]