१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार विचार समाचार समाज

दमननाथ ढुंगाना एक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल

३ मङ्सिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गिय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताएका छन् । सोमबार पूर्वसभामुख, दमननाथ ढुंगानाको पार्थिब शरीरमा पुष्प अर्पण गरि श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले शन्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविश्मरणिय रहने बताएका हुन् । उनले भने, ‘आदरणीय […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

करेन्ट लागेर एक जनाको मृत्यु

३ मङ्सिर, मान्म (कालीकोट) । जिल्लाको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागार्इंको मृत्यु भएको जानकारी दिए । चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । […]

मुख्‍य समाचार विचार समाचार समाज

चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यकः वरिष्ठ उपाध्यक्ष पोखरेल

३ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सडकको पहुँचले मलैबासीलाई सहज

३ मङ्सिर, तुलसीपुर । दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो । बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ । “पहिलो सडक नहुँदा धेरै गाह्रो थियो, चालु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने

२ मङ्सिर, काठमाडौं ।सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक  बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए । यस्तै उनले आज सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

२ मङ्सिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। उनका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो । बैठक भोलि अपराह्न ४ बजे बस्ने छ ।

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पूर्व सभामुख ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बस्दै

२ मङ्सिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । सोमबार पूर्व सभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको पार्टीका सचिव प्रकाश शर्माले जानकारी दिए  । बैठक बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने छ ।

मुख्‍य समाचार राजनीति समाचार

आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

२ मङ्सिर, काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ जसमा ३५ महिला, […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आइकुको नयाँ फोनहरु नियो १० र १०प्रोः विशेषताहरू

२ मङ्सिर, काठमाडौं । आइकुले आफ्नो नयाँ स्मार्टफोनहरू नियो १० र नियो १०प्रो सार्वजनिक गर्ने तयारी गरेको छ । गिकबेन्च लिस्टिङ अनुसार, नियो १० मा स्न्यापड्रागन ८ जेन ३ चिपसेट र नियो १० प्रोमा डाइमेंसिटी १४०० चिपसेट हुनेछ । दुबै फोनमा १६ जीबी र्याम, ६.७८ इन्च ओलेड डिस्प्ले, ६,१०० मिलिएम्पियर ब्याट्री, र १२० वाटको फास्ट चार्जिङ […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने

२ मङ्सिर, काठमाडौं । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ देशैभर निःशुल्क दिने भएको छ । आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको कारण उक्त जोखिम […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

बेल्जियमलाई हराउँदा पनि इजरायल नेसन्स लिगबाट घटुवा

२ मङ्सिर, युइएफए नेसन्स लिगमा इजरायलले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गरेको छ । सोमबार विहान सकिएको खेलमा इजरायलले अन्तिम समयमा गारेको गोल नै निर्णायक भयो । बुडापेस्टमा बेल्जियमविरुद्ध ८६ औं मिनेटमा यार्डेन शुवाले गोल गरेका थिए । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका शुवाले बेल्जियमका डिफेन्डर माटे स्मेट्सको गल्तीको फाइदा उठाउँदै गोल गर्न […]

मुख्‍य समाचार समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्य

२ मङ्सिर, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको ५७, लोकल बन्दाको मुल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम […]