१६ श्रावण २०८३, शनिबार
कोशी मुख्‍य समाचार समाचार समाज

पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर सङ्कलन

२ मङ्सिर, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराधाममा बृहत् सरसफाइ कार्यक्रममार्फत करिब एक हजार किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले आयोजनामा गरेको कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, समितिका सदस्य, कर्मचारी र फेदी क्षेत्रका स्थानीयसहित एक सय ३० जना सहभागी थिए । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन […]

मुख्‍य समाचार समाचार समाज

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मङ्सिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । आइतबार दिउँसो दुई बजे फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनी कलेजो रोगबाट पीडित थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए । पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

२ मङ्सिर, काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट

२ मङ्सिर, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको हो । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल

२ मङ्सिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन् । ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताएका हुन् । राष्ट्रपति पौडेलले […]

मुख्‍य समाचार विचार समाचार समाज

कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?

२ मङ्सिर, काठमाडौं । नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन्  । त्यस्तै वडा नम्बर १ को वडाध्यक्षका लागि हर्ष महर्जन र वडा नम्बर ४ का लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाउन […]

अर्थ जीवनशैली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

वेदकोट (कञ्चनपुर), २ मङ्सिरः वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन सुरु गरे । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे। “सुरुआतमा […]

पर्यटन मुख्‍य समाचार समाज सुदूरपश्चिम

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

२ मङ्सिर, डडेल्धुरा । अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी […]

मुख्‍य समाचार विचार समाचार समाज

उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी

२ मङ्सिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ । स्थानीय तहको उपनिर्वाचनका लागि हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी  सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला उम्मेदवारी नदिन भन्दै धम्क्याइएको कार्यवाहक […]

प्रवास मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्‍याली गर्ने

२ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्‍याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म र्‍याली को आयोजना गर्ने भएको हो । र्यालीमा सहभागी हुन मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी लगायत टिममा आवद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता हुनेछ । र्यालीको […]

मुख्‍य समाचार समाचार समाज

लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ

२ मङ्सिर, काठमाडौँ । प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा गोरखाको फुजेल घर भएका निश्चल सुनार रहेका र निजलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आज पक्राउगरी काठमाडौँ ल्याइएको जिल्ला प्रहरी […]

मुख्‍य समाचार समाज

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने

२ मङ्सिर, ओखलढुङ्गा । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो । कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको […]