१७ चैत्र २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार

कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीले साना लगानीकर्ता मारमा ’

३० भदौ, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो परिपाटीलाई  समितिका सभापतिहरुले बसेर समाधान गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रहरीका दुवै सङ्गठनलाई ऊर्जाशिल र थप व्यावसायिक बनाउन प्रयत्नशिल छौंः गृहमन्त्री लेखक

३० भदौ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताएका छन् । आज बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सुरक्षा निकाय सरकारको भरोसाको केन्द्र हो : गृहमन्त्री लेखक

३० भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशिल रहेको बताएका छन् । आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन […]

मुख्‍य समाचार समाचार समाज

डेडिकेटेड ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा

३० भदौ, काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको वक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यांैता असुल गनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् । मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि  न्यौपानेले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

‘च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’ : फ्रान्सेली अधिकारी

३० भदौ, फ्रान्स । फ्रान्सबाट इङ्ल्यान्ड जाने च्यानल (इङ्लिस च्यानल) पार गर्ने क्रममा शनिबारदेखि आइतबारसम्म कैयौँ आप्रवासीको मृत्यु भएको फ्रान्सेली अधिकारीले बताएका छन् । “च्यानल पार गर्ने क्रममा कम्तीमा आठ आप्रवासीको ज्यान गुमेको छ,” पास–डे–क्यालाइस प्रान्तका अधिकारीले बताए । क्षेत्रीय प्रमुख ज्याक बिलान्टले स्थानीय समयअनुसार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

३० भदौ, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१ निवासी मृतक ३८ वर्षीय रामकुमार थारुको परिवारलाई क्षतिपूर्ति वापत रु ३० लाख उपलब्ध गराएको हो । आयोजनाअन्तर्गत सिनो हाइड्रोमा काम गर्ने सिलसिलामा प्लाइउडले लागेर २० मिटर तल खस्दा घाइते भएका थारुको […]

मुख्‍य समाचार राजनीति समाचार

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति

३० भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०-८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान […]

मुख्‍य समाचार समाचार समाज

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

३० भदौ, चितवन । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहुवर्षीय र सिजनल बिरुवा रोपेका हुन । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

स्मार्ट हाजिरीः विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाई

३० भदौ, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो । स्मार्ट हाजिरीको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरेका छन् । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट उपस्थिति प्रणालीले विद्यालयमा […]

मनोरन्जन मुख्‍य समाचार

’होस्टेल ३’को छायाङ्कन सुरु

३० भदौ, काठमाडौं। नेपाली चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको हो । नेपाली मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका छन्। चलचित्रको छायाङ्कन काठमाडौंको बोडेमा सुरु भएको छ। यहाँ पहिलो चरणको छायाङ्कन […]

मुख्‍य समाचार समाचार समाज

अल्पसंख्यक समुदायले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती अन्त्य गर्न कानून संशोधन जरुरी’

३० भदौ, काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापती बिमला सुवेदीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मान्छेहरुले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती रहेको बताएकी छन् । आइतबार राजधानीमा आयोजित ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालहरुको सम्बोधनमा सांसदहरुको भूमिका’ सम्बन्धी नीति संवादमा बोल्दै उनले जन्मेदेखी नै सामाजिक सुरक्षा कोषसम्म हरेक कुरामा अल्पसंख्यक समुदायले विभेद […]

मनोरन्जन मुख्‍य समाचार

गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक

३० भदौ, काठमाडौं । गायिका गीता पाण्डेले  स्वराङकन गरेको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ। वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वराङकन रहेको छ। वरिष्ठ गीतकार कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । वरिष्ठ संगीतकार […]