१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो : रवि लामिछाने

३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उनले रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनैपनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए । उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौं । […]

मुख्‍य समाचार समाज

विकास गर्दा बिनास हुँदैन, वन क्षेत्र जोगाएरै अघि बढ्छौं : मन्त्री ठकुरी

३१ भदौ, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन जोगाउने र विकास गर्ने दुईवटै विषयलाई सँगै लानुपर्ने बताए । सोमबार प्रस्तावित सुर्खेत भेरीगंगा रामघाट विमानस्थलको आयोजनाको वातावरणीय अध्ययन सम्बन्धमा छलफल कार्यक्रममा उनले वनलाई बचाउने भन्दैमा सबै विकास निर्माणका कामहरु ठप्प पार्न नहुने भन्दै दुवै विषयलाई लिएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘सरकारले […]

मुख्‍य समाचार राजनीति

नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै काम हुँदैन : प्रधानमन्त्री

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनैपनि काम नगर्ने स्पष्ट गरेका छन । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको […]

मुख्‍य समाचार राजनीति

उच्चस्तरीय समिति र सेवा प्रदायक निकाय छुट्याउने विषय मन्त्रीपरिषद्मा

३१ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई उडड्न क्षेत्रलाई सुरक्षित गर्न र हवाइ रुटको अनुमतिका सम्बन्धमा विभिन्न मुलुकहरुसँग सकरात्मक संवाद भएको बताएका छन् । हालै नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा महेन्द्रनगर नेपालगन्ज हवाई रुटका विषयमा भारतीय नागरिक उड्डयनमन्त्रीसँग सकरात्मक कुरा भएको उनले जानकारी दिए […]

मुख्‍य समाचार राजनीति समाज

संसदमा अनावश्यक विषय उठ्दा जनतामा निराश बढ्दै : सांसद अर्याल

३१ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले संसदमा राम्रा  सिनहरु देखाउन नसकेकाले सभा अपमानित भैइरहेको बताएका  छन्  । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले राम्रा विषयहरु संसदमा नउठ्दा जनताहरु निराश हुँदै गइरहेको बताएका हुन्  । उनले  भने,  ‘नयाँ दल आएपछि संसदको बैठक देश विदेशबाट लाइभ हेर्नेको  संख्या बढेको  छ, दुर्भाग्य हामीले  […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

३१ भदौ, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् । महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने […]

मुख्‍य समाचार समाज

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो सन्देश जान्छ : मन्त्री सिंह

३१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । शहरी विकास मन्त्रालयमा सोमबार विहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल शहरी शासकिय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाली खेलाडीको एकल अग्रता, विवेक पहिलो फिडे मास्टर 

३१ भदौ, हंगेरि। नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्संपो क्फासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो ब्यक्तिगत रेटिङ१९.४ बढाएर २३०१.४ रेटिङ पुर्‍याउदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गरेका छन्। हंगेरि चेस फेडेरेशनको आयोजनामा सञ्चालन भइरहेको ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धमा नेपालका क्याण्डिडेट मास्टर विवेक थिङले एकल अग्रता कायम गर्न सफल भएका छन्। […]

मुख्‍य समाचार समाचार समाज

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन

म्याग्दी, ३१ भदौः मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गरेका छन्। अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए। “पाँच वडा रहेको घरपझोङको सबै बस्तीलाई रातको समयमा उज्यालो बनाउन अध्यक्षले […]

मुख्‍य समाचार समाचार समाज

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’

ढोरपाटन (बागलुङ), ३१ भदौः स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ । बर्सेनि जिल्लाका १० वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम […]

अर्थ मुख्‍य समाचार समाचार समाज

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

घोराही (दाङ), ३१ भदौः दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन […]

मुख्‍य समाचार राजनीति

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

भदौ, ३१  काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो । आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि […]