३ कार्तिक २०८३, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

पोखराले अपराजित जनकपुरलाई दियो १३९ रनको लक्ष्य

२० मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको खेलमा पोखरा एभेन्जर्सले अपराजित जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । पहिलो जितको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

२० मङ्सिर, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, […]

कोशी गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन् । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा […]

मुख्‍य समाचार राजनीति समाज

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर आज ( बिहीबार) स्वदेश फर्किदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आउने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । आज (बिहीबार) को पहिला खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ ः१५ बजे सुरु हुनेछ । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धान काट्न मजदुरको सट्टा रिपर मेसिन

महोत्तरी, १९ मङ्सिरः सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि धान काट्ने रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका–९ का किसान जितेन्द्र सिंहले बताए । चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन […]

अर्थ कर्णाली कर्पोरेट पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तारा एयरले सुरू गर्यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान

मंसिर १९, मुगु । तारा एयरले सुरू ग¥यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान शुरु भएको छ । लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ । सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो । हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गरिनेछ : गृहमन्त्री लेखक

१९ मङ्सिर, बारा । गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताएको छ । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु-याएको उल्लेख गरे । उसले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए । गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

१९ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको हो । बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गु   माएर पूरा गरेको हो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

चार महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बिमा कम्पनीलाई निर्देशन

१९ मङ्सिर, काठमाडौँ । पछिल्लो नौ वर्षयता लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उसले लेखापरीक्षण […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

१९ मङ्सिर, चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय […]