१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

१ असोज, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मंगलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो । उनी भ्रष्टाचार […]

मुख्‍य समाचार समाचार समाज

सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ

१ असोज, काठमाडौँ । सिरहाबाट स्रोत नखुलेको अवैध रकमसहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी छन् । सखुवानन्कारकट्टी […]

मुख्‍य समाचार समाचार

इन्द्रजात्रा समारोहमा बालेन अनुपस्थित

१ असोज, काठमाडौँ । इन्द्रजात्राका अवसरमा काठमाडौँको हनुमान ढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरू समारोहमा उपस्थित छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ भने समारोहमा अनुपस्थित रहे । उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरूलाई पनि बोलाएका थिए । […]

मुख्‍य समाचार राजनीति समाचार

जिसस खारेज गरौँ, ७५३ वटा सरकार चाहिँदैन : सञ्चारमन्त्री गुरुङ

१ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन गर्दा जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। एमालेका उपमहासचिव समेत रहेका गुरुङले ‘संविधान कार्यान्वयनको १० वर्ष, अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधान संशोधनको पहिलो नम्बरमा जिसस खारेज राख्नुपर्ने बताए । संविधानका अभ्यासका सबल र दुर्बल पक्षको […]

मुख्‍य समाचार समाचार

इसेवाको चाडपर्वलक्षित अफर : जुनसुकै कारोबार गर्दा नयाँ कार जित्ने अवसर

१ असोज, काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशै-तिहार र छठ पर्व लक्षित गरेर “इसेवा महा-उत्सव: इसेवाको कारोबारमा NAMMI को दामी कार ” अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार […]

मुख्‍य समाचार समाचार

धनगढी उपमहानगरपालिकाले मनायो १० औँ स्थापना दिवस

१ असोज, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना दिवस मनाएको छ । मंगलबार उपमहानगरपालिकाले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा १० औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले छात्रालाई निःशुल्क पोसाक वितरणका लागि चार लाख ५० हजार रुपैयाँ भन्दा बढी […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

१ असोज, काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भए लगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रूपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी […]

मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एक जना पक्राउ

१ असोज, वीरगञ्ज । प्रहरीले सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मण वा भन्ने २१ वर्षे ओमकुमार पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पटेलले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर, ह्वाट्सएप लगायतमा ‘किङ्स अफ पर्सा’मार्फत अपशब्द […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारी ठगीमा संसदीय समितिको सुझाव अनुसार सरकार अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

१ असोज, धनगढी। उपप्रधानमन्त्री एवंम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताएका छन् । मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा संलग्नमाथि कारवाही […]

मुख्‍य समाचार समाचार समाज

साढे ३ घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले छाड्यो बालेनका समर्थक

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले नियन्त्रण लिइएका सबैलाई छाडिएको हो । उनका अनुसार सुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

यौनाङ्गमा मुसा आउनुको कारण र उपचार

हातखुट्टा र अनुहारमा मुसा आउँदा दुख्दैन । यो मुसाको आकारमा कुनै परिवर्तन आएन भने हानि पनि गर्दैन । यस्तो मुसा आउनु सामान्य हो । तर त्यस्तै देखिने मुसा यौनाङ्ग र त्यस वरपर आएमा सामान्य रुपमा लिनु हुँदैन । किनकि यी मुसालाई सामान्य मान्न सकिंदैन । किन यौनाङ्गमा मुसा पलाउँछ ? ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) युक्त […]

मुख्‍य समाचार समाचार समाज

वसन्तपुरमा इन्द्रजात्राको उत्सव

१ असोज, काठमाडौं । हिन्दू धर्ममा वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा आराधना गरी मंगलबार काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व उपत्यकासँगै धुलिखेल र दोलखामा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न […]