१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै निगम

१ असोज, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी तदारुकताकासाथ काम गर्न आज विभागीय […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार

काभा महिला भलिबलमा पुलिसले ताजकिस्तानको डाइमेडलाई हरायो

१ असोज, काठमाडौँ । माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको थियो । माल्दिभ्सको मालेमा मंगलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । पुलिसले यसअघि पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो […]

राजनीति समाचार

साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

१ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ । बुधवारसम्म हुने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गर्नुभयो । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गर्नुभयो । उहाँले आफूले पार्टीको नामदेखि सहकारी […]

मुख्‍य समाचार राजनीति समाचार

प्रदेश संरचनालाई अझै बढि उत्तरदायी र पारदर्शी बनाउनुपर्नेमा काँग्रेस सभापति देउवाको जोड

१ असोज, काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उहाँले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राख्नुभएको हो । पार्टीको कानून विभागले मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार […]

मुख्‍य समाचार राजनीति समाचार

राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि वर्तमान गठबन्धनः उपप्रधानमन्त्री सिंह

१ असोज, काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेर […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एन्फा महिला लिग फुटबल प्रतियोगितामा लगातार विजयी हुँदै नेपाल एपिएफ क्लब शीर्षस्थानमा

१ असोज, काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ । प्रतियोगितामा सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ […]

मुख्‍य समाचार समाचार

कारागारभित्र प्रेमिकाले नै विष दिएपछि…

१ असोज, काठमाडौँ ।  कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ। उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेर उनको मृत्यु भएको बताएको छ। कारागारभित्रकै एक समूहले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयार

१ असोज, काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् । भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार […]

मुख्‍य समाचार समाचार

शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक

१ असोज, काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । आयोग कार्यालयले सूचना जारी गरी विभिन्न सेवातर्फ अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । आयोगका अनुसार प्रशासन लेखापरिक्षण तर्फ ३०१ र परराष्ट्र सेवातर्फ १८ जनाको नाम सिफारिस गरेको छ । लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूलाई सात दिन भित्र […]

मुख्‍य समाचार समाचार

सीएस आरका परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा

१ असोज, काठमाडौँ । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा गरेको छ । नेपाल र नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको एनसेलले मंगलबार नेपाल यात्राको १९औँ वार्षिकोत्सव मनाउँदै उक्त फाउन्डेसन घोषणा गरेको हो । एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुसको सुदूरपूर्वमा तीन जना सवार हेलिकप्टर बेपत्ता

१ असोज, एजेन्सी । रुसको सुदूरपूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर ६६ हेलिकप्टर बेपत्ता भएको स्थाअन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जानकारी दिएका छन् । रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार हेलिकप्टरले सोमबार आफ्नो आपत्कालीन ‘बीकन सिग्नल’ सक्रिय गर्यो । बिकन साना भौतिक यन्त्र हुन्, जसले रेडियो सिग्नल प्रसारण गर्छ । यो स्मार्टफोनद्वारा पत्ता लगाउन […]

समाचार समाज

भाेलि सार्वजनिक बिदा

१ असोज, विराटनगर । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए ।