४ कार्तिक २०८३, मंगलवार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक, साइग्रेसको अभिनय

२४ मङ्सिर, काठमाडौं । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी–मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ । यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत र अभिनयमार्फत प्रस्तुत गरेको छ । गीतमा हर्क साउदको शब्द, सुजन चापागाईँ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य बढ्दा चाँदी स्थिर

२४ मङ्सिर, काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति

२४ मङ्सिर, काठमाडौं । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनाशक्ति माग गरेको छ । सोमबार विज्ञेप्ती सार्वजनिक गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्नेगरी आवेदन माग गरेको हो । सब इन्जिनियर, प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, नायब सुब्बा, लेखापाललगायतका पदहरूमा आवेदन माग गरिएको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

२४ मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने जनाइएको छ । सोमबार महानगरपालिकाले एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ । महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर, आउँदो मार्चमा नेपाल भ्रमणमा आउने चाहना

२४ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् । उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा विताएका थिए । एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने छ । बैठकमा गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनपछि रिक्त सदस्यमा पदपूर्तिका विषयमा पनि छलफल हुने बताइएको छ । साथै भर्खरै भएको स्थानीय तह उपनिर्वाचनको परिणाम र साङ्गठनिक रूपान्तरणका सन्दर्भमा समीक्षा हुने  छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस

काठमाडौं । आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । हरेक वर्ष झै यसवर्ष भ्लनबनभ ष्ल त्चबलकउबचभलअथ अर्थात पारदर्शिताका क्रियाकलापहरुमा संलग्न हौं भन्ने मूल […]

मुख्‍य समाचार समाचार समाज

‘पत्रकार महासंघको गरिमा जोगाउँछौं, विधि विधानमा चलाउँछौं’

काठमाडौं । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा नेतृत्वका लागि उम्मेदवारी दिएकाहरुले महासंघको गरिमा र कुन्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफूहरु डटेर लाग्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्षमा उम्मेदवारी दिएकी निर्मला शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरुमा सबैखाले मुद्दाहरुको समाधानमा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएलमा आज ब्रेक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन। भोली मंगलबार भने दुई खेल राखिएको छन्। जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् । चार खेल खेलिसकेको चितवन तीन खेल जितेको छ भने चारै खेल खेलिसकेको लुम्बिनी खाता खोल्न समेत सकेको छैन। मंगलबार दिउँसो १ बजे […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मानव अधिकारले विपन्न र सिमान्तकृत समुदायको विषयमा गहिरो छलफल गर्न आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रि सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मानव अधिकारले वास्तविक रुपमा विपन्न र सिमान्तकृत समुदायको सवालहरुलाई समेटेको छ कि छैन भन्ने विषयमा गहिरो छलफल आवश्यक भएको बताएका छन् । आईतबार काठमाडौंमा १६ औं मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले मानव अधिकारले विपन्न र सामाजिक रुपमा पछाडी परेका क्षेत्रको अधिकारलाई संरक्षण गर्न सहयोग पु¥याएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

म समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् । समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताएका हुन् । ‘मैले अहिलेसम्म तीनपटक […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

कर नतिर्ने हलहरुलाई करको दायरा र नियममा ल्याइने

२३ मङ्सिर, काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले कर नतिर्ने हलहरुलाई करको दायरा र नियममा ल्याएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पत्रकार सम्मेलनमा उनले पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हल मध्ये प्रमुख ६ वटा हलहरुमा प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरु करको दायरा र […]