१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो । ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् । प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमार्फत मस्कसँग भर्चुअल कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवासम्बन्धी काम गर्न इच्छा देखाइरहेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् स् मन्त्री यादव

काठमाडौँ, ७ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मतकार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुर्याएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ र ?

कैलाली, ७ मङ्सिर । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झर्नुभयो । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झर्नुभएका उहाँ टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बस्नुभयो । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उहाँ टीकापुर झर्नुभएको थियो । टीकापुर पुग्दा बुदेले सोचे […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापति बीच मानार्थ महारथीको आदान प्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे । उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

७ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको छ । नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजील्याण्डका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट तीन जना सदस्य थप

७ मङ्सिर, काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट तीन जना सदस्य थप गर्ने निर्णय गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुव्वब गुरुङ्ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष, कमलेशकुमार अग्रवाललाई आयोगको […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधान तथा मन्त्री सिंह

७ मङ्सिर, काठमाडौँ । उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएको छ । कृषि विकास बैंकको केन्द्रिय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड

७ मङ्सिर, काठमाडौँ । विपद्को पूर्वसूचना प्रणालीमा नेपालको अवस्था राम्रो भए पनि राज्यका जिम्मेवार निकायदेखि समुदायस्तरमा अझै त्यसप्रति गम्भीर ध्यानाकर्षण हुन नसक्दा ठूलो जनधनको क्षति हुने गरेको सरोकारवालाहरुले बताएका छन् । प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपिनेट) को १६औँ वार्षिक साधारणसभा तथा मनसुन समीक्षा कार्यक्रमका अवसरमा नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा उनीहरुको जोड […]

कर्पोरेट बागमती मुख्‍य समाचार समाचार समाज

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

७ मङ्सिर, काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेको […]

कर्पोरेट प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

अस्ट्रेलियाको मेलवर्नमा ‘मेड इन नेपाल एक्स्पो’

७ मङ्सिर, काठमाडौं । महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससगँको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले यही मंसिर १४ र १५ गते एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो । मेलामा नेपाली कच्चा पदार्थहरुका साथै स्थानीय सीप तथा प्रविधिको प्रयोगबाट उत्पादन […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

७ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर […]