१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै

२ असोज, काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे अर्थ समितिको बस्दै छ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । यस्तै, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी […]

राजनीति समाचार समाज

पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

२ असोज, गलेश्वर (म्याग्दी) । तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता फेरि कोदोखेती गर्ने बढेका छन् । अन्य बालीको तुलनामा कोदोबाट बढी आम्दानी हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । “गाउँघरमा मात्र होइन सहरबजारबाट पनि […]

मुख्‍य समाचार समाचार

लुम्बिनी प्रदेशमा संविधान दिवस ३ दिन मनाइने

२ असोज, काठमाडौँ ।  लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ । आज, भोलि र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन लागेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गरिसकेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी […]

समाचार समाज

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

२ असोज, काठमाडौँ । काठमाडौँको दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन बिहीबार दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हो । नागरिक स्तरबाट आयोजना हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण उक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हो । काठमाडौँ उपत्यका ट्राफिक […]

मुख्‍य समाचार समाचार समाज

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे ४ लाख बढीले लिए सेवा

२ असोज, कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपिडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन् । […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय शिक्षा दिवस आज विभिन्‍न कार्यक्रम गरी मनाइँदै

२ असोज, काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस आज विभिन्‍न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ यो दिवस देशैभर मनाउन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन भएका छन् […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

आईसीसी विश्वकप लिग-२ : नेपालले आज ओमानसँग भिड्दै

२ असोज, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । क्यानडा नौ खेलमा पाँच जित र चार […]

मुख्‍य समाचार राजनीति समाचार

पोखरा र नवलपुरबीचको दुरी घटाउन अध्ययन सुरु भएको छः मुख्यमन्त्री पाण्डे

२ असोज, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ्ग मार्गहरुको निर्माणमार्फत पोखरा र नवलपुरबीचको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनु भएको छ । मंगलबार नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाल पहाडी क्षेत्रमा सडक निर्माण कार्यहरु भइरहे पनि सुरुङ्ग मार्ग निर्माण हुन सक्दा प्रदेश राजधानि पोखरा, नवलपुर र […]

मुख्‍य समाचार समाचार समाज

भोजपुरको अकबरे खुर्सानी तराईहुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

२ असोज, भोजपुर । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौँसम्म पनि […]

मुख्‍य समाचार समाचार समाज

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

२ असोज, म्याग्दी ।  दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँडेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । उनीहरूले गाउँ […]

मुख्‍य समाचार समाचार समाज

आज देशका अधिकांश भागमा मौसम सफा रहने

२ असोज, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली […]

मुख्‍य समाचार समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

२ असोज, देउखुरी (दाङ) । दाङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका-९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बुढामगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता […]