१६ श्रावण २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

९ मङ्सिर, गलकोट (बागलुङ) । कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ । अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

रामेछापमा जुनार उत्पादन बढ्यो

९ मङ्सिर, मन्थली (रामेछाप) । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेको छ । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उसले […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

९ मङ्सिर, झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो । चिकित्सा शिक्षा आयोगले चालु […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

९ मङ्सिर, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ । मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उसले भने, “तालले […]

प्रवास मुख्‍य समाचार समाचार समाज

सिड्नीमा नेपाल फेस्टिभल, हजारौंको सहभागिता

९ मङ्सिर, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४ मा उत्साहजनक सहभागिता भएको छ । शनिबार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा नेपाली कलाकारहरुले भरपुर मनोरन्जन समेत दिलाए । नेपाली कला–संस्कृति झल्कने प्रदर्शनी र कलाकारहरुको प्रस्तुतीमा आगन्तुकहरुले भरपुर मजा लिएका छन् । करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको दाबी छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज

बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला : बाल विवाह रोकथामबारे बहस

९ मङ्सिर, काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ६ वटा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रममा आयोजकहरुमा मानव […]

मुख्‍य समाचार समाचार समाज

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कदै

९ मङ्सिर, काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन्। गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन्। बुधबार काठमाडौं आएका द्विवेदीले सोही दिन पशुपतिनाथको दर्शन गरेका थिए। बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका द्विवेदीले सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै

९ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै छन् । आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै

९ मङ्सिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ । आईबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने छ । कार्यसूचि अनुसार आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०÷८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुने […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

९ मङ्सिर, काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ६०, रातो आलु ६५, सेतो आलु ५५, सुकेको भारतीय प्याज १००, लोकल गाँजर १८०, तराईको बन्दा ७०, काउली स्थानिय १००, रातो मुला ४०, सेतो मुला ३०, […]

अन्तर्वार्ता प्रवास मुख्‍य समाचार राजनीति समाचार समाज

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै

९ मङ्सिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन लागिएको हो । अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको हो । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

९ मङ्सिर, काठमाडौँ । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो । धरहरा चढ्ने शुल्क स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ तोकिएको छ ।  सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास […]