१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार

कैलालीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा घाइते भएका सुनिलको मृत्यु

२ असोज, काठमाडौं । कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका-१ का सुनिल डंगौराको मृत्यु भएको प्रहरीले बताएको छ । बुधबार गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१ ०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर […]

राजनीति समाचार समाज

बैतडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

२ असोज, बैतडी । बैतडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ । बैतडीसहित तराइँबाट दार्चुलाका लागि छुटेका सवारी साधन र दार्चुलाबाट अन्यत्रका लागि छुटेका सवारी साधन बिच बाटोमै रोकिएका छन् । आज दिउँसो खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता […]

मुख्‍य समाचार समाचार समाज

सेती ट्याक्टर दुर्घटना : चालक मृत पाइए

२ असोज,  बझाङ ।  बझाङमा ट्याक्टर सेती नदीमा खस्दा बेपत्ता भएका चालक मृत फेला परेका छन् । ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढाको नदीबाट मृत अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ । ट्याक्टरमा सवार सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती पनि सेती नदीमा बेपत्ता छन् । उनी भने अझै फेला परेका […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’

पाटन (ललितपुर), २ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताएका छन् । ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले २७औँ गणेशमान सिंह स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा भएको बताएकाे हो । […]

मुख्‍य समाचार समाचार समाज

दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल

काठमाडौँ, २ असोज : दसैँ लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरु काठमाडौँबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो । आज मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात […]

मुख्‍य समाचार समाचार समाज

स्थानीय तहको संख्या ५०० मुनि झार्ने रास्वपाको प्रस्ताव

२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले संविधान संशोधनबारे पार्टीको धारणा पेश गरेका हुन् । स्वतन्त्र, गैरदलीय राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुने रास्वपाको प्रस्ताव छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र योग्य र विषय विज्ञहरुबाट मन्त्री बनाउने उनको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

२ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशिल क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताएका हुन् । उनले भने, ‘सञ्चार क्षेत्र जटिल […]

मुख्‍य समाचार समाचार समाज

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति

२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले अनलाइनखबरलाई बताए । साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो । बुधबार प्रसाईंसहित तीन […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

छायाँनाथ रारा नगरपालिका मुगुको पहिलो साक्षर घोषणा पालिका

२ असोज, मुगु । मुगुमा रहेका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका पहिलो साक्षर घोषणा पालिका बनेको छ । ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा छायाँनाथ रारा नगरलाई जिल्लामा स्थानीय तहको तथा पहिलो साक्षर नगरपालिकाको रुपमा घोषणा गरिएको हो । नगरपालिकामा रहेको कुल […]

खेलकुद मुख्‍य समाचार

एसिया रग्वी असोज १८ बाट काठमाडौंमा हुने

२ असोज, काठमाडौं । एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री प्रतियोगिता काठमाडौंमा असोज १८ गते हुने भएको छ ।  एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता असोज १८ र १९ गते दशरथ रंगशालामा सञ्चालन हुने भएको हो । सन् २०२२ मा एसिया रग्वी यू–१८ र सन् २०२३ मा एसिया यू–२० […]

खेलकुद गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

२ असोज, पोखरा । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गईरहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताका संयोजक मनोज खड्काले बताए । संयोजक खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ समूह सहभागी हुनेछन् । […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेको एघार पालिकामा डेङ्गी सङ्क्रमण

२ असोज, काभ्रेपलाञ्चोक । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा १३ स्थानीय तह छन् । पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी […]