१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै

३ असोज, काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन […]

मुख्‍य समाचार राजनीति समाचार

रास्वपा सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पारित

२ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पारित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा लामिछानेले पेस गरेको प्रतिवेदन पारित भएको हो । उपसभापति डीपी अर्यालको प्रस्ताव अनुसार आवश्यक सुझाव सल्लाहहरूलाई उचित स्थान दिइनेछ रास्वपा मनिष झाले जानकारी दिए ।

मुख्‍य समाचार राजनीति समाचार

सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

२ असोज, काठमाडौँ । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन पारित गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको हो । प्रतिवेदन कार्यान्वयन गर्न विभिन्न मन्त्रालयमा पठाउन निर्णय भएको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘संसदमा प्रस्तुत भएको सहकारी संस्था बचत […]

मुख्‍य समाचार राजनीति समाचार

असोज १० देखि १६ सम्म दल दर्ताको कार्यक्रम

२ असोज, काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । कार्यतालिका अनुसार यही असोज ९ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना […]

मुख्‍य समाचार समाचार समाज

संविधान दिवसको अवसरमा यो पटक कैदीहरू नछुट्ने

२ असोज, काठमाडौँ । संविधान दिवसको अवसरमा यो पटक कैदीहरू नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् । गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ […]

मुख्‍य समाचार राजनीति समाचार

तीन कम्युनिष्ट पार्टीबीच एकता घोषणा

२ असोज, काठमाडौँ । तीन कम्युनिष्ट पार्टीहरूले एकता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (बहुमत), कम्युनिष्ट पार्टी, नेपाल र कम्युनिष्ट को-अर्डिनेशन केन्द्र, नेपालबीच एकता घोषणा भएको प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ । जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक पद्धति एवम् एकता-संघर्ष-रूपान्तरण सम्बन्धी सर्वहारा सांस्कृतिक क्रान्तिको माओवादी पद्धतिलाई दृढ आत्मसात गर्दै पार्टीका केन्द्रीय तहहरू महाधिवेशन आयोजक समिति र केन्द्रीय […]

मुख्‍य समाचार समाचार समाज

आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

२ असोज, ढोरपाटन । दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ  बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो । तल्लो क्षेत्रदेखि उच्च पहाडसम्मका पर्यटकीय गन्तव्यमा नयाँ पुस्ताको ट्रेकिङ मोह पनि बढेको बढ्न थालेपछि बराहतालमा पूर्वाधार […]

मुख्‍य समाचार समाचार

१३ जिल्लामा नयाँ सिडिओ खटिए

२ असोज, काठमाडौँ । गृह मन्त्रालयले १३ जिल्लामा नयाँ सिडिओ खटाएको छ । मन्त्रालयले बुधबार सहसचिव र उपसचिवको सरुवा गर्दै सिडिओ हेरफेर गरेको हो । मन्त्रालयले दाङमा कृष्ण प्रसाद लम्साललाई खटाएको छ भने दाङका सिडिओ रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै, जुम्लाका सिडिओ जय घिमिरेलाई भैरहवालाई अध्यागमनमा पठाएको छ । जुम्लामामा उपसचिव रामबहादुर शाहीलाई खटाएैका छ। […]

मुख्‍य समाचार राजनीति समाचार

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री ओली

२ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली आउदो शुक्रबार अमेरिका जाने

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिका जाने भएका छन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज ८ गते राष्ट्रसंघको ७९औँ महासभाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आउने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चक्रवात ‘यागी’का कारण म्यानमारमा २ सय जना बढीको ज्यान गयो

२ असोज, एजेन्सी– चक्रवात ‘यागी’ का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । म्यानमार सरकारले बाढीमा परेर दुई सय जनाभन्दा धेरैको ज्यान गएको र ८० जनाभन्दा धेरै अझै बेपत्ता रहेका बताएको छ । यागी यस वर्ष एशियामा आउने सबैभन्दा शक्तिशाली आँधी पनि हो । भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारमा गरेर सेप्टेम्बरको […]

अन्तर्राष्ट्रिय मनोरन्जन समाचार

श्रद्धाले तोडिन् शाहरुखको रेकर्ड

२ असोज, एजेन्सी- बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राज कुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडका बादशाह शाहरुख खानको रेकर्ड तोडेको छ । पाँचौँ सप्ताहन्तमा गएको शुक्रबार, शनिबार र आइतबार गरेर स्त्री २ ले भारतीय बक्स अफिसमा १६ करोड भारु कमाएको थियो । सोमबार फिल्मले अर्को ३ करोड १७ लाख भारु र मंगलबार २ करोड […]