६ बैशाख २०८३, आईतवार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सर्लाहीमा पुरानो रिसिबीका कारण युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन् ।

शनिबार साँझ करिब ६ः१५ बजे गोडैता नगरपालिका–७ मा पुरानो रिसइबीका कारण दुई पक्षबिच विवाद हुँदा झैँ–झगडा भएको थियो। सोही क्रममा गोडैता–७ का १८ वर्षीय आकाश दासमाथि पछाडिबाट धारिलो हतियार कैँची प्रहार गरिएको प्रहरीले जनाएको छ ।

कैँची प्रहारबाट घाइते भएका दासको टाउको र पिठ्युँमा चोट लागेको छ । गोडैतामा सामान्य उपचारपछि प्रादेशिक अस्पताल मलंगवामा लगिएका उनलाई त्यहाँबाट पनि थप उपचारका लागि वीरगन्जस्थित नेशनल अस्पतालमा रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ । घटनामा संलग्न रहेको आरोपमा गोडैता–७ का १८ वर्षीय इबरान दर्जी मियाँ र वडा नं. ९ का १८ वर्षीय अपसैद बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विश्वेश्वर यादवले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि