६ बैशाख २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत ६ वैशाखः जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता छिन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता भएकी हुन् ।

मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजय यादवले बेपत्ता किशोरीको खोजी तीव्र पारिएको र हुलियासहित मातहतका सबै प्रहरी युनिटलाई खोजीकार्य जारी राख्न भनिएको बताए।

स्थानीय शिक्षक भूमिराज शर्माले गाडी चढेकी किशोरी बाटोमा रहेको पातीचौरमा नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजाको मिलन चोकमा झरेको पाइएको जानकारी दिए। झर्नुपर्ने ठाउँबाट करिब ३५ किलोमिटर अगाडि हेमजामा झरेको थाहा भए पनि त्यसपछिको अवस्था अज्ञात रहेको उनले बताए ।

किशोरी देउपुरमै रहेको स्थानीय जननेत्र माध्यमिक विद्यालयको कक्षा ८ उत्तीर्ण गरी अब ९ मा भर्ना हुने समय भएको जनाइएको छ । निजलाई देखेभेटेमा वा शंकास्पद व्यक्तिबारे थाहा पाएमा नजिकैको प्रहरीमा खबर गरेर खोजीमा सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि