६ बैशाख २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै

मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत आज बिहान ११ बजे बैठक बस्ने भएको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बैठकमा गत २५ र २६ चैतमा प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक तथा दफाबार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

उनका अनुसार सदनमा उठेका विषयहरूलाई सम्बन्धित समितिमा पठाई विस्तृत अध्ययन तथा दफाबार छलफल गरिनेछ ।
“समितिबाट प्राप्त सुझावका आधारमा विधेयकहरूलाई परिमार्जन गरी प्रतिवेदन तयार पारिनेछ,” उनले बताए ।

यद्यपि, सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच सहमति नजुट्दा यस अधिवेशनमा सभामुख चयन प्रक्रिया अघि बढ्ने सम्भावना न्यून देखिएको छ ।

कांग्रेस निकट एक सांसदका अनुसार हाल “एक दिन मात्र बैठक सञ्चालन गरी हिउँदे अधिवेशन अन्त्य गर्ने र त्यसपछि बजेट अधिवेशन बोलाएर सभामुख चयन गर्ने” विकल्पबारे आन्तरिक छलफल भइरहेको छ ।

सत्ता हस्तान्तरण गर्ने वा यथावत् राख्ने भन्ने विषयमा कांग्रेस र एमालेबिच विवाद कायम रहेकाले सभामुख चयन मात्र होइन, मन्त्रालयको संख्या घटाउने जस्ता महत्त्वपूर्ण एजेन्डाहरू समेत ओझेलमा परेको देखिन्छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको