१८ चैत्र २०८२, बुधबार
अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्य हालसम्मकै उच्च

६ असाेज, काठमाडौं  ।  साताको  पहिलो  कारोवार  दिन आइतबार  सुनको  मूल्य हालसम्मकै  उच्च बिन्दुमा पुगेको  छ । आज छापावाला सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य १ हजार सात सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार […]

मुख्‍य समाचार राजनीति समाज

युवालाई समाज सेवाप्रति आकर्षित गराउन परिषद्ले भूमिका खेल्नुपर्छ’

६ असाेज,  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले समाजसेवा विकासोन्मुख देशका लागि मेरुदण्ड भएको बताएका छन् । आइतबार सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले समाज सेवामा नागरिकहरुको आकर्षण नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्न परिषद्ले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, […]

मुख्‍य समाचार समाचार समाज

मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै

काठमाडौँ, ६ असोजः नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ । बाह्रबीसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबीसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा […]

मुख्‍य समाचार राजनीति समाचार

अर्थमन्त्री पौडेल  र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न […]

मुख्‍य समाचार समाज

जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरुलाई जोगाऔं : मन्त्री पाण्डे

६ असाेज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह बृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेका बेला सांस्कृतिक सम्पदाहरुको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र […]

मुख्‍य समाचार राजनीति

बागमती प्रदेश सभाको बैठक आज बस्दै

६ असाेज, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६ औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विद्येयकहरुको प्रतिवेदन प्रस्तूत गर्नै कार्यसूचि रहेको छ । सचिवालयलका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित […]

मुख्‍य समाचार समाज

दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

६ असाेज, काठमाडौं  । दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका […]

मुख्‍य समाचार राजनीति

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि

६ असाेज,  काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मलेन असोज १० गते देखि १४ गतेसम्म हुने भएको छ। यसअघि सम्मेलन असोज २ देखि ५ गते सम्मको लागि तोकिएको थियो । तर तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको जनाइएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने छन् । […]

खेलकुद मुख्‍य समाचार

काभा क्लब च्याम्पियनसिप : उषा भन्डारी सर्वोत्कृष्ट खेलाडी

६ असाेज, काठमाडौं । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भन्डारी चुनिएकी छिन् । च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् । माल्दिभ्सको मालेमा शनिबार […]

मुख्‍य समाचार समाज

कालीमाटीमा केही तरकारी र फलफूलको मुल्यमा सामान्य बृद्धि

६ असाेज, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी ६६ रुपैयाँ ३३ पैसाबाट बढेर ६९ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११३ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यस्तै, स्थानीय काउलीको पनि मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको […]

मुख्‍य समाचार राजनीति

आज तीन संसदीय समितिको बैठक बस्दै

६ असाेज, काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको  छ । त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको […]

खेलकुद मुख्‍य समाचार

विश्वकप लिग २ : नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

६ असाेज, काठमाडौ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि हुँदै छ। पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो। लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार व्यहोरेको […]