३ कार्तिक २०८३, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

१ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ । टस हारी पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो । टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै कर्णाली याक्सले आफ्नो महत्त्वपूर्ण चार […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

बालुवाटारबाट थापाथली सरे राष्ट्र बैंकका दुई प्रमुख विभाग

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सञ्चालन भइरहेका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीस्थित नवनिर्मित भवनमा सर्ने भएका छन् । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार (पौष १ गते) देखि यी दुई विभागले थापाथलीस्थित नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने जनाएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘बालुवाटारस्थित […]

अर्थ जीवनशैली मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

१ पुस, नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए । विसं २०७४ मा पौडेलले रु १५ लाख लगानी गरी सिर्जनशील […]

जीवनशैली मधेश मुख्‍य समाचार समाचार समाज

सिरक डसना बनाएर मनग्य आम्दानी

१ पुस, बरहथवा (सर्लाही) । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ । सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उसले बताए । रफिकका दुई छोरा सोही काममा वैदेशिक रोजगारीमा छन् ।  उसको एक छोरा ट्र्याक्टरमा पुरानो लुगा पेलेर सिरक डसना बनाउने काम गर्दै विभिन्न […]

मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य बढ्दा चाँदी स्थिर

सुनको मूल्य बढ्दा चाँदी स्थिर काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो । आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ । […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

१ पुस, घोराही (दाङ) । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनुमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

१ पुष, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ । यसैगरी हरियो धनियाँको १००, लसुन सुकेको चाइनिजको ३६० […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन

१ पुष, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् ।  सिंहको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आज दुईवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दुईवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पुस १ लाई आज देशभर कालो दिवसका रुपमा मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ साल पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । आजको दिनलाई तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको […]

अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ। त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार […]