३ कार्तिक २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

वर्तमान संविधानमा अझै पनि समानता छैन : पूर्वमन्त्री शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं माओवादी केन्द्रकी सांसद रेखा शर्माले संविधान संशोधन सबैले स्विकार गरेको विषय भएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजि झिल्को १६ औं अंक विशेष बहसमा उनले  वर्तमान संविधानमा अझै पनि समानता नभएको भन्दै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘यो संविधान पूर्ण समानतामा आधारित छैन । तर विगतको […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : अध्यक्ष प्रचण्ड

रुपन्देही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आज (शनिवार) आयोजित नेकपा (माओवादी केन्द्र)सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रोजगारी सिर्जना गर्ने शिक्षा दिन सरकार प्रयासरत : प्रधानमन्त्री

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताएका हुन् । ‘अब जब दिने शिक्षा दिने […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

शानदार ब्याटिङका बावजुद पनि जनकपुर चितवनसँग  पराजित

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले हराएको छ । शनिबार भएको खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरल १८औं ओभरको अन्तिम बलमा अल आउट हँुदै १ सय ४८ रन मात्र बनाउन सक्यो । जनकपुका लागि जिमी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ । केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशाल सुरु भएको हो । विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालमा महासचिव शंकर पोखरेलले बार्षिक कार्ययोजनाबारे दिशानिर्देश गरेका छन् । दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिवार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रकृयाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बुटवलमा जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

२९ मंसिर,बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा मृत्यु बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘कर्मा’को छायांकन सुरु

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को शुभ–मुहुर्तसँगै छायांकन पारम्भ गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ–मुहुर्तसँगै […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यद्यपि देशभर मौसम सामान्यतया सफा रहेको छ । तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । आज दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।राति देशभर मौसम मुख्यतया सफा रहने छ । […]

अर्थ बैंक–वित्त समाचार समाज

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, […]

मुख्‍य समाचार समाचार समाज

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी

काठमाडौं । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन् ।  आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत प्राप्त गरेकी हुन् । उनी प्रेस सेन्टरका हुन् । उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी तरकारी बजारले शनिबारको तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो । समितिका अनुसार आज ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ । रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा […]