३१ श्रावण २०८३, आईतवार
समाचार समाज

१४ किलो सुन प्रकरणको छानबिन गर्न बनेको समितिको म्याद थपियो

२९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको छानबिनका लागि गठित समितिको म्याद एक साताका लागि थप भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले छानबिनका लागि गठन गरेको प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वको समितिको म्याद ७ दिन थप गरिएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले अनलाइनखबरलाई बताए । ‘समितिले थप […]

मुख्‍य समाचार राजनीति

काठमाडौं महानगरले संघीय सरकारलाई उत्प्रेरणा दिएको छ : प्रधानमन्त्री प्रचण्ड

२९ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाको स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महानगरको कामको प्रशंसा गरेका छन् । २९ औं स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्रीले महानगरको कामले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त भइरहेको बताएका हुन् । पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरूलाई  गम्भीरतापूर्वक हेरेको भन्दै प्रचण्डले शहरी सौन्दर्य, शिक्षा, सार्वजनिक शौचालय […]

राजनीति

बालकृष्ण खाँणले अदालतमा बुझाए ३० लाखको बैंक ग्यारेन्टी

२९ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन् । अदालतमा उनले धरौटी रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएपनि […]

समाचार समाज सूचना प्रविधि

सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन

२९ मंसिर काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ । वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ । वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका छैनन् […]

राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

२९ मसिर, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १२:१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।

समाचार समाज

विभिन्न मन्त्रालय र निकायका सचिवको सरुवा

२९ मंसिर, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायहरुमा सचिव सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ । पर्यटनमा कोशी प्रदेशका प्रमुख सचिव दीपक काफ्ले सरुवा भएका छन् । साउन २०७९ मा सचिव भएका उनी पहिलो पटक सचिवका […]

मुख्‍य समाचार समाचार समाज

पत्रकार महेन्द्र पाण्डेको निधन

२९ मंसिर, काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए । विवाह समारोहमा खानापछि बमिट भएपछि उपचारका लागि हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । पाण्डेश शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। विहान १० बजे पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने […]

खेलकुद मुख्‍य समाचार

एनएसएलमा अपराजित धनगढी शीर्ष स्थानमा

२८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा अपराजित यात्रा कायम राख्दै धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ । जारी सिजन लगातार ५ खेलमा अपराजित रहेको धनगढीले दशरथ रंगशालामा एफसी चितवनलाई १-० ले हरायो । खेलको दोस्रो मिनेटमै धनगढीका ओलावाले आफिजले गरेको गोल निर्णायक भयो । रोहन कार्कीले दिएको पासमा ओलावालेले बक्स बाहिर चितवनका […]

मुख्‍य समाचार राजनीति

एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता छः ओली

२८ मंसिर, तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् ।बिहीवार तेह्रथुममा महाकाली-मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ । यसमा सरकारको संलग्नता नहुने कुरै भएन । ‘ […]

मुख्‍य समाचार समाचार समाज

आज राति मिथुन उल्कावर्षाको गतिविधि उच्च रहने

२८ मंसिर, काठमाडौँ । यही मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्कावर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स-साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा […]

मुख्‍य समाचार राजनीति

थमन बिक हत्या प्रकरणमा एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ

२८ मंसिर, जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । मोहन कापरले पनि सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश सुनाएको हो । आगलागी मुद्दामा पनि महतोलाई जिल्ला अदालतले सफाइ दिएको छ । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको […]

राजनीति समाचार

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

२८ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले […]