३ कार्तिक २०८३, सोमबार
खेलकुद प्रवास मुख्‍य समाचार समाचार समाज

क्रिकेट खेलाडीहरुलाई लन्डनमा अवार्ड

लन्डन । लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ । जस अनुसार वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

भन्सार छली गरेर भित्र्याइएका सामान बरामद

१ पुस, वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छलेर भित्राइएका लत्ताकपडासहितका मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिँदै आइरहेको छ । सशस्त्र प्रहरीले पछिल्ला दुई दिनमा फरक–फरक ठाउँबाट करिब रु ४५ लाखभन्दा धेरै मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियताको कारणले […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो

१ पुस, म्याग्दी । मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ । सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि भनेको मूल्य र बजार दुवै पाएको घरपझोङ गाउँपालिका–२ […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण

१ पुस, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा

१ पुस, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

दुर्गम पलाँतामा टेलिकम

१ पुस, मान्म (कालीकोट) । कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । पलाँता गाउँपालिकामा सञ्चारको सेवा नपुगेका कारणले सञ्चारको सेवा पुर्‍याउनका लागि नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । पलाँता गाउँपालिका–४ को रिज्जेव डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । टावर जडान भएपछि पलाँता गाउँपालिकाको ९० प्रतिशत […]

बागमती मुख्‍य समाचार समाचार समाज

हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

१ पुस, ललितपुर । ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।’ काठमाडौँ उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुहरुलाई वाग्मती करिडोरले ठूलो राहत त दिएको छ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने

१ पुस, काठमाडौं । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो । यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा संचालन

१ पुस, काठमाडौं । काठमाडौंमा एक समारोहबिच नेपाली पत्रकारहरुका लागि चिनिया भाषा कक्षाको उदघाटन गरिएको छ । सोमबार चिनियाँ दूतावा र काठमाडौं विश्वविद्यालयको समन्वयमा नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षाको उदघाटन गरिएको हो । कार्यक्रममा पत्रकार किशोर श्रेष्ठले नेपाली र चीनबीच नजिकको सम्बन्ध भएपनि भाषाका कारण समस्या हुने भएकाले भाषाबारे ज्ञान लिन आग्रह गरे । उनले भाषा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सिंहको निधनमा कामनपामा शोक बिदा

काठमाडौँ, १ पुस । काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो । कामनपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामनपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय […]

कोशी मुख्‍य समाचार समाचार समाज

धरानमा फस्टाउँदै सिद्रा व्यापार

१ पुस, धरान (सुनसरी) । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग छन् । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उसको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उसले बताउँछन् । “सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ”, […]

कोशी मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल तीनजना सवार हुँदा…

१ पुस, भद्रपुर (झापा) । दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उसका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ […]