१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

झापामा दुर्गा प्रसाईंका समर्थकले तीन ट्रक जलाए

७ असाेज, झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले  गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड […]

खेलकुद मुख्‍य समाचार समाज

क्यानडासँग दोस्रो खेलमा पनि पराजित भयो नेपाल

७ असाेज, काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ । क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो । अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ । सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ […]

मुख्‍य समाचार समाचार समाज

सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम प्रभावकारी बन्दै

७ असाेज, रुकुमपूर्व । सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा ८२ जना छोरीको ‘छोरी बचत खाता’ खोलिएको छ । कार्यक्रम सुरु भएयता उक्त कार्यक्रममा चार सय छोरीहरूको खाता […]

मुख्‍य समाचार समाचार समाज

‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’

७ असाेज,  वीरगञ्ज (पर्सा) । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनुमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत मीना यादवले अनुमतिप्राप्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून रहेको बताइन् । […]

मुख्‍य समाचार समाचार

यस्तो छ आजको राशिफल

७ असाेज, काठमाडौँ ।  मेष : आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । मिथुन : आज कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग पनि मिल्नेछ । सिंह : बुद्धिको उपयोगले […]

मुख्‍य समाचार समाचार

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

७ असाेज, बारा ।  बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

साफ यु-१७ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

७ असाेज, काठमाडौँ । भुटानमा भइरहेको साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीले न्यूयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित

७ असाेज,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओलीले आज नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम थियो । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली […]

मुख्‍य समाचार समाचार समाज

धनुषाको प्रहरी हिरासतबाट आठ थुनुवा फरार

७ असाेज,  काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर आठ थुनुवा भागेको प्रहरी स्रोतले जनाएको छ । हिरासतबाट भागेका नौ जनामध्ये एक जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका […]

मुख्‍य समाचार समाचार समाज

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

७ असाेज, म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले […]

मुख्‍य समाचार समाचार समाज

आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

७ असाेज, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछ : परराष्ट्रमन्त्री डा.राणा

७ असाेज, न्युयोर्क (अमेरिका) ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै […]